
पूर्वमा सङ्खुवासभा र, उत्तरमा छ चीन
पश्चिममा रामेछाप दोलाखा, यति राम्रो किन
विश्वको उच्च विमानस्थल, सङ्गै चोयु, ल्होत्से
हाँसेको छ आमाडब्लम, सङ्गै पुमोरी नुप्से
विश्वमा ईतिहास बोकेको, सगरमाथा हिमाल
अतिथिलाई देवो मानी, बुन्छौँ है माया जाल
प्रदेश १ मा सोलुखुम्बुकै , शान र पहिचान
आङरिता, पासाङ, सुन्दरे, आप्पा यहिँको पहिचान

खरिखोला र लुक्ला हुँदै, घुमौँ फाक्दिङ, खुन्दे
सगरमाथामाको प्रवेश द्वार, सुन्दर छ है नाम्चे
कालापत्थर, आधारशिविर, हर्दै डाँफे मुनाल
हिउँ चितुवा र कस्तुरी मृग, पाइन्छ दुर्लभ झारल
लालीगुँरास फूल सङ्गै, बौद्ध धर्म झल्काउँदै
शेर्पाको भाषा र श्याब्रुलाई, काँधैमा सजाउँदै
सगरमाथामा राष्ट्रिय निकुञ्ज, घुमौँ गोक्यो ताल
तेङ्बुछे, पाङ्बुछे, रिमिजुङ गुम्बा, खुम्बु आईसफल
आउनुस् हजुर खुम्बु पासाङ, दुधकोशी सलल
आउनुस् हजुर खुम्बु पासाङ, सुनपाती हरर
आउनुस् हजुर खुम्बु पासाङ, हिउँको घुम्टो सरर
आउनुस् हजुर खुम्बु पासाङ, बुद्धिष्ट झन्डा फरर ।।।
नाम ः कुन्जाङ छोपेल शेर्पा
जिल्ला ः सोलुखुम्बु
हाल ः काठमाडौ
शैक्षिक योग्यताः स्नातक तह चौथो वर्ष (वातावरण विज्ञान)
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले सगरमाथा दिवसको अवसरमा अयोजाना गरेको खुल्ला अनलाइन लेख तथा रचना प्रतिस्पर्धात्मक कार्यक्रम बाट उत्कृष्ट भएका लेख, सस्थाले प्रकाशित स्मारिका २०७९ बाट साभार