
–निनाम लोवात्ती, आङरिता शेर्पाले विश्व कीर्तिमान राख्छु भनेर होइन कि, आप्mनो गुजारा चलाउनुका साथै परिवार पाल्नका लागि विश्वकै अग्लो हिमाल ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ १० औं पटक चढेका थिए । उनले १० पटक आरोहण गर्दा पनि आर्टिफिसियल (मानव निर्मित) अक्सिजन लिएनन् । साथै ऊ वेलाको समयमै (सन् १९९६ अघि) धेरै पटक (१० औं पटक) विश्वकै अग्लो हिमाल ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ १० औं पटक चढेका थिए । विश्वकै अग्लो ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ १० पटक आरोहण गरेका आङरिता शेर्पाको जन्म सन् १९४८ जुलाई २७ मा भएको थियो भने उनको मृत्युचाहिँ सन् २०२० सेप्टेम्बर २१ मा भएको थियो । कुनै पर्वतारोहीले विश्वका अग्ला हिमालहरु अनेकौं कीर्तिमान सहित आरोहण गरेर आप्mनो नाममा दुर्लभ कीर्तिमान राख्नु स्वयम् पर्वतारोहीका लागि कुनै अनौठो हुने कुरो भएन ।
त्यस्तै विश्वकै अग्लो हिमाल ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ जुन हिमालको उचाई ८८४९ (८८४८ दशमलब ८६) मिटर रहेको छ, चढेर आप्mनो नाममा कीर्तिमान राख्नका लागि वर्षेनी सयौं पर्वतारोहीहरु नेपाल तथा चीनको तिब्बत गई रहेका छन् । हुनत अहिले ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ कीर्तिमान राख्ने क्रममा कामीरिता शेर्पाले २८ औं पटक र पासाङ दावा शेर्पाले २७ औं पटकसम्म आरोहण गरिसकेका छन् । त्यसो त पहिलो पटक बिना आर्टिफिसियल अक्सिजन ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोही इटलीका रेनहोल्ड मेस्नर हुन् । जे होस्, माथि उल्लेखित तीनै जना पर्वतारोही शेर्पा प्रतिभाहरु सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाऊँ पालिकामा जन्मेका हुन् । हुनत हामी नेपालीहरुमा अहिलेसम्म मानव पँुजी के हो ? भन्ने नै केही बुभ्mने प्रयास नै भएको छैन, बुभ्mने भई सकेका छैनौं । खासमा माथि उल्लेखित तीन जना (दुई जीवित र एक स्वर्गीय) शेर्पा प्रतिभाहरु बाहेक हाम्रो देशमा स्वर्गीय बाबुछिरी शेर्पा, आङथार्के शेर्पा, सुन्दरे शेर्पा, लोप्साङ जाङबु शेर्पा, मीनबहादुर शेरचन, सम्भु तामाङका साथै अहिलेसम्म हामीबीच जीवितै रहनु भएका फुनुरु शेर्पा, ल्हाक्पाडोमा शेर्पा, निमी शेर्पा, लाक्पागेलु शेर्पा, आप्पा शेर्पा लगायत नेपालका सयौं–हजारौं शेर्पा प्रतिभाप्रति उपेक्षा भाव हामीले राखी रहेकै छौं ! तापनि माथि उल्लेखित नामहरु केवल पर्वतारोहरुको क्षेत्रमा मात्रै सीमित नरहेर नेपाल र नेपालीहरुका लागि अमूल्य निधि हुन् भन्ने हामीले वेला छँदै सम्झनु पर्छ ।
यसरी हेर्दा ‘जीवनमा एकपटक भए पनि विश्वकै अग्लो हिमाल ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ कीर्तिमान राख्नकै लागि विश्वभरिका मान्छे (खास गरी पर्वतारोहणमा रुची भएका) लाखौं अमेरिकी डलर खर्च गरेर आउँछन् । तर, हाम्रो देश नेपालका कामीरिता पासाङ दावा शेर्पा लगायत सयौं, हजारौं शेर्पा प्रतिभाहरुले उल्टै विदेशी पर्वतारोहीहरुबाट काम र माम (ज्याला वा निश्चित रकम) लिएर २८ औं पटक, २७ औं पटक आरोहण गरिसकेका छन् भने २१ औं, २० औं, १९ औं, १८ औं, १७ औं, १६ औं, १५ औं, १४ औं, १३ औं, १२ औं, ११ औं, १० औं, पटक ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गरेका छन्, गर्दै छन् । हुन पनि कीर्तिमान राख्नका लागि भन्दा पनि आपूm बाँच्ने र परिवार पाल्ने क्रमलाई धेरै शेर्पा तथा गैर शेर्पा (शेर्पा बाहेक अन्य जातजातिका पर्वतारोही) हरुले निरन्तता दिने क्रम जारी रहेको छ । यसरी हेर्दा ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्नु कति गौरवशाली कार्य हो ? कति ख्याति र ईज्जत कमाईन्छ ? कति नाम र दाम कमाईन्छ ? अनि कति मान–सम्मान पाइन्छ ? भन्ने त तपाईँ–हामीलाई भन्दा ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ कम्तिमा एक पटक आरोहणमा सफलता पाउनेहरुले समेत जान्ने कुरो हो ।
हो, विश्व पर्वतारोहणको इतिहासमा पहिलो महिला ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहीको कीर्तिमान जापानकी जुन्को ताबेईलाई जान्छ । उनले सन् १९७५ मे १६ मा सफलतापूर्वक चोमोलुङमा शिखरको चुचुरो चुमेकी थिइन् भने उनी सम्मिलित दलको नेतृत्व मिचिओ युआसाले गरेका थिए । त्यस्तै ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने प्रथम नेपाली महिला स्वर्गीय पासाङल्हामु शेर्पा हुन् भने धेरै पटक ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा हुन् । उनले १० पटक ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गरी सकेकी छिन् । त्यस्तै गरेर ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’को शिरमा धेरै समय बिताउने श्रेय पनि नेपाली पर्वतारोही स्वर्गीय बाबुछिरी शेर्पाले पाएका छन् भने पहिलो पटक एकै सिजनमा दुईपटक ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने श्रेय पनि बाबुछिरीलाई नै जान्छ । तर, दुःखको कुरो बाबुछिरी जस्तो बहु प्रतिभाको धनी अहिले हाम्रो सामू भौतिक रुपमा छैनन् । त्यस्तै सबैभन्दा कम उमेरमा ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गरेर कीर्तिमान राख्ने श्रेय पनि नेपाली पर्वतारोहीले नै पाएको छ । सन् २००१ मे २३ मा ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्दा दोलखाका तेम्बा छिरी शेर्पाको उमेर १५ वर्ष १८ दिनको थियो भने उनी भन्दा अघि पनि नेपालकै स्वर्गीय शम्भू तामाङले १८ वर्षको उमेरमा कीर्तिमान राखेका थिए ।
उमेर र लिङ्गका आधारमा सबैभन्दा पाको उमेरमा ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने महिला जापानकी तामा वान्तानावे हुन् । तामा वान्तानावेले सन् २००२ मे १६ मा ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्दा उनको उमेर ६३ वर्ष थियो । त्यस्तै उत्तर–दक्षिण दुबै दिशाबाट ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने प्रथम महिला रसियाकी क्यान ओ डोड हुन् । उनले सन् १९९६ मे २५ मा दक्षिणबाट र सन् १९९९ मा उत्तर तर्फबाट ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गरेकी थिइन् । ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने सबैभन्दा ठूलो टोलीचाहिंँ चिनियाँहरुको थियो । सन् १९७५ मा ४१० जना सदस्य रहेको चिनियाँ पर्वतारोही दल (जन्तीसरह) को दलले ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गरेका थिए ।
यो लेखको अन्त्यमा सबैभन्दा पहिले ‘आर्टिफिसियल अक्सिजन’ बिना नै पहिलो पटक १० औं पटक ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने कीर्तिमानी आरोही स्वर्गीय आङरिता शेर्पाप्रति हार्दिक श्रद्घा–सुमन छ । साथै १० औं पटकसम्म ‘चोमोलुमाङ–सगरमाथा–एभरेस्ट’ आरोहण गर्ने कीर्तिमानी आङरिता शेर्पाप्रति तरो–ताजा सम्झना रहिरहने छ ।