सोलुखुम्बु : सोलुखुम्बुमा भालुको आक्रमणबाट एक बृद्ध घाइते भएका छन । जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ४ खोलाघारीका ७५ वर्षी रुपसिङ तामाङ घाइते हुनुभएको हो । बिहिबार दिउँसो करिब २ बजे बारी घाँस काटन जाने क्रममा तामाङलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी ओमाशंखर शाहले जानकारी दिनुभयो ।
उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । जिल्लामा भालुको आक्रमणबाट वर्षेनी बालीनालीसहित मानवीय क्षति हुनेगरेको छ । यो वर्ष मात्रै ४ जना भालुको आक्रमणबाट घाइते भइसकेका छन ।
Solu fm
