0Shares

सोलुखुम्बु :  भालुको आक्रमणबाट घाइते हुनुभएको सोलुदुधकुण्ड नगरपालिका ४ खोलाघारीका निमा तामाङलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । गत आइतबार बिहान भालुको आक्रमणबाट सख्त घाइते हुनुभएका तामाङलाई थप उपचारका लागी आज हेलिकप्टर मार्फत काठमाडौ पठाएको वडा अध्यक्ष युवास तामाङले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा उपचाररत तामाङलाई परिवारले काठमाडौ लैजान चाहेकाले पठाएको अस्पतालले जनाएको छ । वस्तुको गोठमा जाने क्रममा भालुले आक्रमण गर्दा वहाँको घाँटी, अनुहार, टाउको र बायाँ खुट्टामा चोट लागेको जनाइएको छ ।

वहाँको उपचारका लागि सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ ले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको वडा अध्यक्ष युवास तामाङले जानकारी दिनुभयो ।
Source:soluFM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729