श्रावण १३ गते बौद्ध रामहिटीमा शिक्षा मन्त्री अशोक राईको प्रमुख आतिथ्यमा नेपाल शेर्पा विद्यार्थी संघले एसईई परिक्षा उत्तिर्ण गर्ने देश भरीका शेर्पा विद्यार्थीहरूलाई सम्मान तथा उच्च शिक्षा अध्यनका लागि शैक्षिक परामर्श दिने भएको छ।
उच्च शिक्षा अध्यन गरिरहेका शेर्पा विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, मानसिक स्वास्थ्य सचेतना प्रदान गर्ने र शेर्पा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने मुख्य उद्देश्यका साथ “SEE Felicitation, +2, BACHELOR Motivation, Career counselling, Mental Health Awareness & Sherpa Students Talent Show -2080” हुन लागेकोले कार्यक्रमबाट विद्यार्थी, अभिभावक र शैक्षिक संस्था, विद्यालय, कलेजहरुले लाव लिन सकिने आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन सम्पूर्ण शेर्पा विद्यार्थी, अभिभावक,शैक्षिक संस्था, विद्यालय, कलेजका प्रतिनिधिहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध समेत गरेको छ।





