0Shares

सोलुखुम्बु – काठमाण्डौबाट सोलुखुम्बुका लागि छुटेको सुमो जिप सिन्धुलीमा दुर्घटना भएको छ । गएराती काठमाण्डौँबाट सल्लेरीका लागि छुटेको ना १ ज ७००१ नम्बरको सोलु एक्सप्रेसको जिप सिन्धुलीको फिक्कल गाउँपालिका ३ निगुरेमा राती अन्दाजी १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सडकमा गुडिरहेको जिप अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेर पल्टिएको कार्यालयका सुचना अधिकारी डिएसपी चिरणजिवी दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा मानविय क्षति भएको छैन भने सवारी पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । जिपमा चालक सहित तिनै जना सकुशल रहेको बताइएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729