
पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” आउँदो जूलाई १६ तारिक कोरिया स्थित नेपाल मगर संघ थेगु शाखाको आयोजनामा थेगु सहर स्थित (대구광역시 달서구 달구벌대로1095 (계명대하교 바우아관) सुविधा सम्पन्न हलमा प्रदर्शन हुने भएको छ ।
नेपालको दुर्गम जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थी कोष सहयोगार्थ सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको संघका अध्यक्ष खडक घर्ती मगरले जानकारी दिए । चलचित्र “जारी” थेगु शो उत्कृष्ट प्रदर्शनको निम्ति सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै उक्त चलचित्र दिउँसो ११:३० बजे शुरु गरिने र टिकट शुल्क २५ हजार कोरियन वोन कायम गरिएको सोही संघका संरक्षक नरेश थापा मगरले बताए ।

“कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको बेला यी दुई जोडीलाई खुबै रुचाईएकोले जारी चलचित्र प्रदर्शन भव्य हुने विश्वास गरिएको छ । रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको “जारी” चलचित्रले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ ।
गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको नबोली नबोली चलचित्रमा व्यक्त गरेको प्रेमको भावहरुले दर्शकको मन छोएको छ । चलचित्र सबै जानकारी पोष्टरमा उल्लेख गरिएको र चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली चलचित्रप्रेमी महानुभावहरुमा आयोजक नेपाल मगर संघ थेगु शाखाले हार्दिक अनुरोध गरेको छ ।
Source:radio gurkhali