सोलुखुम्बु – ओखलढुंगामा पहिरोले घर बगाउदा एकैपरिवारका ३ जनाको ज्यान गएकोे छ भने एक जना बेपत्ता भएका छन् । ज्यान गुमाउनेमा जिल्लाको चम्पादेवि गाउँपालिका ८ विलन्दुका ३६ वर्षीय रण बहादुर गुरुङ, उनका श्रीमती २९ वर्षीया शिव माया गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

रण बहादुरका छोरा १० वर्षीय दिनेश गुरुङ पहिरोमा परी बेपत्ता भएकाले खोजी भईरहेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) दिपक बहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राती आएको पहिरोले स्थानीय रण बहादुर गुरुङ, बल बहादुर गुरुङ र जर्सिङ गुरुङको घर बगाएको हो । अन्यको घरमा मानवीय क्षति भएको छैन् । यद्यपी पशुचौपायको क्षतिको भने विवरण संकलन भईरहेको डिएसपी केसीले बताउनुभयो ।
Source:himal FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729