६ असार, काठमाडौं । सरकारले कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आङरिता शेर्पाको सम्झनामा निकालेको हुलाक टिकट सार्वजनिक गरेकी हुन् ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले टिकट प्रकाशित गरेको हो । आङरितालाई ‘हिउँचितुवा’ उपनाम दिइएको छ । उनी विना अक्सिजन धेरै पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका आरोही हुन् । उनले १० पटकसम्म विना अक्सिजन सगरमाथाको सफल आरोहण गरेका थिए । उनको सन् २०२१ मा निधन भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729