
–निनाम लोवात्ती, समुन्द्र सतहबाट नाप्दा विश्वकै अग्लो हिमाल मानिएको सगरमाथा हिमाल हो । यो हिमाल हाम्रै देश नेपालमा रहेको छ । यसको पछिल्लो र नयाँँ उचाई आठ हजार आठ सय अड्चालीस दशमलब छयासी (८८४८.८६) मिटर बत्तीस हजार हो । तापनि लेख्दाखेरि ८८४९ मिटर लेख्न थालिएको छ । अरु सिजन हेरि सगरमाथा हिमाल आरोहण गर्ने उत्कृष्ठ सिजन चाहिँ वसन्त ऋतु याम अर्थात् सिजन हो । तर यो वर्षको वसन्त ऋतु अर्थात् सिजन सक्नु लागेको अवस्था हो । हुन पनि केवल सगरमाथा हिमाल मात्रै नभएर नेपालका प्राय: सबै हिमाल वसन्त ऋतुमा नै धेरै आरोहण हुने गरेको छ । हो, यो वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएका ४७८ जना विभिन्न देशका पर्वतारोहीमध्ये ४५ प्रतिशतले मात्रै सगरमाथा आरोहण गर्न सफल भएका होलान् कि ? सगरमाथा आरोहणका लागि गएका सबै पर्वतारोहीहरु फर्की नसकेको र पर्यटन विभागले पनि केही नभनेको हुनाले किटानी साथ यसै भन्न सकिएन । जे भए तापनि गत अप्रिल महिनाको अन्तिम हप्तासम्ममा नेपालसमेत ६५ देशका ४६७ पर्वतारोहीले आठ हजार आठ सय ४८ दशमलब ८६ मिटर विश्वकै अग्लो मानिएको सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए ।
यो लेखको शीर्षक ‘सगरमाथा: नाम र उचाईको भारी !’ राखिएको हुनाले पहिले नामकै बारेमा लेखौं । बिनभने सगरमाथा एक भए तापनि नाम र उचाई अनेक रहेका छन् । जस्तै नामको सन्दर्भमा भन्नु पर्दा “सगरमाथा, चोमोलुङमा, सोम्फोरोछा, एभरेस्ट, नौवन्धन, १५ औं चुली, एभरेस्ट, चरी लमेनी, मितीगुती, देवढुंगा, भैरवनाथ, झामोलुङमा, चोमोकाङकार, चापोलुङमा, गडेस मदर अफ स्काई, १५ औं चुली, झोमोलुङमा, आकाशकी देवी, थर्डपोल, एक्स भी, गडेस मदर अफ स्काई, ताम्रगिरि, गौरी शंकर, गाम्मा पिक, धरतीकी देवी !” आदि इत्यादिगरी लगभ दुई दर्जन नाम रहेको छ । त्यसो भए तापनि हाल आएर पर्वतारोहण क्षेत्रमा सगरमाथालाई “सगरमाथा, एभरेस्ट र चोमोलुङमा नामले बढी चिन्ने गरिएको देखिन्छ ।
हो, नेपाली पर्वतारोहको इतिहास हेर्दा अन्य ऋतुमा भन्दा वसन्त ऋतुमा नेपालमा रहेका हिमालहरु बढी आरोहण गर्ने प्रचलन रहेको देखिन्छ भन्ने माथि उल्लेख गरिएको छ । त्यसमा “सगरमाथा–चोमोलुङमा–सोम्फोरोछा–एभरेस्ट–नौवन्धन !”, कञ्चनजंघा (सेवालुङ–सेन्चेलुङ), ल्होत्से (ल्होत्चे), मकालु (सेसेलुङ), धौलागिरि, अन्नपूर्ण–प्रथम हिमाल वसन्त ऋतुमा आरोहण गरिने हिमाल हुन् । विश्वमा मान्यता प्राप्त आठ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा रहेका छन् । ती १४ वटा हिमालमध्ये आठ वटा (६० प्रतिशत) त हाम्रै देश नेपालमा रहेका छन् । त्यसमा “सगरमाथा” बाहेक विश्वको तेस्रो अग्लो कञ्चनजंघा (सेवालुङ–सेन्चेलुङ) आठ हजार पाँच सय ८६ मिटर । विश्वको चौथो अग्लो ल्होत्से (ल्होत्चे) आठ हजार पाँचसय १६ मिटर । विश्वको पाँचौ अग्लो मकालु (सेसेलुङ) आठ हजार चार सय ६३ मिटर । विश्वको छैठौं अग्लो चो ओयु आठ हजार दुई सय एक मिटर । विश्वकको सातौ अग्लो धौलागिरि आठ हजार एक सय ६७ मिटर । विश्वको आठौं अग्लो मनास्लु (प्याङ्गेन पुथाङ) आठ हजार एक सय ६३ मिटर । र, विश्वको १० औं अग्लो अन्नपूर्ण–प्रथम आठ हजार ९१ मिटर नेपालमा रहेका आठ हजार मिटरभन्दा माथिका हिमाल हुन् भने विश्वकै अग्लो हिमचुचुरो सगरमाथा, एभरेस्ट अर्थात् चोमोलुङमाको सफल आरोहण सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक गरेका थिए ।
त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाई ८,६११ मिटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालीयन आरोहीद्धय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए । तेस्रो अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ/सेन्छेलुङ) हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा रहेको छ । यसको उचाई ८,५८६ मिटर हो । यो हिमाललाई बेलायका पर्वतारोहीहरु जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाई ८,५१६ मिटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीटजरल्यान्डका पर्वतारोहीहरु फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै वश्वको पाँचौं अग्लो हिमाल मकालु (सेसेलुङ) हो । यसको उचाई ८,४६३ मिटर रहेको छ भने जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु लगायतको एक जन्ती टोलीले नै चढेका थिए । त्यस्तै विश्वको छैठौं अग्लो भन हिमाल चो–ओयु हो । यसको उचाई ८,२०१ मिटर रहेको छ । सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्धय हर्बर्ट टिची र सेप जेक्लर र नेपाली पासाङ दावा (लामा) शेर्पाले पहिलोपटक आरोहण गरेका थिए ।
विश्वको सातौं अग्लो हिमाल हो –‘धौलागिरी’ । यसको उचाई ८,१६७ मिटर होे । यो हिमाल सन् १९६० को, १३ मे मा स्वीटजरल्यान्डका पर्वतारोहीहरु कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्धय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाई ८,१६३ मिटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । एवम् रीतले विश्वको नवौं अग्लो हिमाल नांगा पर्वत हो । यो हिमालको उचाई ८,१२६ मिटर हो । यो हिमाल पाकिस्तानमा रहहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक चढेका थिए ।
साथै विश्वको १० औं अग्लो हिमाल अन्नपूर्ण–१ हो । यो हिमाल नेपालमा रहेको छ भने यसको उचाई ८,०९१ मिटर रहेको छ । फ्रान्सका पर्वतारोहीद्धय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा पहिलोपटक सफलतापूर्वक आरोहण गरेका थिए । एवम् प्रकारले विश्वको ११ औं अग्लो हिमाल गासेरब्रुम–१ हो । यो हिमाल पनि पाकिस्तान–चीन सीमामा रहेको छ । यसको उचाई ८,०८१ मिटर रहेको छ भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्धय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए । विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिकतानमै रहेको छ भने यसको उचाई ८,०५१ मिटर हो । यो हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो वेला अस्ट्रियन पर्वतारोहीहरु फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३ औं अग्लो हिमाल गासेरब्रुम–२ हो । यो हिमाल पनिपाकिस्तानमा नै रहेको छ भने, यसको उचाई ८,०३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले सफलतापूर्वक चढेका थिए । विश्वको १४ औं र आठहजार मिटरको अन्तिम अग्लो हिमाल हो ‘–सिसापाङमा ।’ यो हिमालको उचाई ८,०२७ मिटर रहेको छ ।
यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । खासमा नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ भने नेपाली (खस/पर्वते) भाषामा यसको नाम गोसाईँनाथ हो । तर, चीनले आफ्नो देशमा विश्वकै अग्लो हिमाल चोमोलुङमा (सगरमाथा) नपर्ने भएपछि (किनभने पानी–ढलोको आधारमा विश्वकै अग्लो हिमाल चोमोलुङमा/सगरमाथा नेपालमा पर्छ/परेको हो ।) भलै यसमा दुवै देश (चीन–नेपाल) ले आ–आफ्नो भनी दावी छाडेका थिएनन् । विश्वकै अग्लो हिमाल सगरमाथा नेपालमा परेपछि ‘सिसापाङमा’ चीनमा पर्ने गरी राजनीतिक रुप सहमति भएको मानिन्छ । जे होस्, यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरुको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए ।