सोलुखुम्बु :  सोलुखुम्बुमा एक महिलाको अज्ञात समुहद्धारा हत्या भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो ।

गएराति करिब ९ बजेको समयमा राईको अज्ञात समुहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ । वडा नम्बर ७ की वडा सदस्य सरिता राइका अनुसार महिलाको शब अर्धनग्र अवस्थामा भेटिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागी तालिम प्राप्त कुकुर झिकाउने तयारी भइरहेको छ ।

soluFM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729