शेर्पा संघ जापानले जापानको इतिहासमा नै पहिलो चोटी बृहत फङ्ङी सॉझ २०२३ आयोजना गर्ने भएको छ ।

आउदो जुलाई २ तारिक आईतबारका दिन टोकियो सिनओकुबो स्थित रोयल गार्डन रेष्टुरेन्टमा दिउँसो १२ बजेदेखि बेलुकि ८ बजेसम्म आयोजन हुन गइरेहको कार्यक्रममा  हिमाली शेर्पा जातिहरुको मौलिक श्याब्रु नृत्य, एकल नृत्य ,अन्य कलाकार र गायकहरूको प्रस्तुति हुने शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पाले उक्त कार्यक्रम लोसार कार्यक्रम जस्तै औपचारिक रूपमा सम्पन्न हुने र साथमा जापानका चर्चित डिजे नविन लामाले जापानबासी सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरू लाई भरपुर मनोरन्जन दिलाउने कार्यक्रम रहेकोले सबै जापानबासी शेर्पा तथा अन्य नेपालीहरुलाइ उपस्थितिको लागि अनुरोध समेत गर्नुभएको छ ।

के हो फङ्ङी चाँड र कसरी मनाइन्छ ?

फड्डी हिमाली भूभागमा बसोबास गर्ने शेर्पा समुदायको ग्रीष्मकालीन चाडपर्व हो । यो चाड दथो (चन्द्रमास) पात्रोअनुसार छैटौं महिनामा पर्छ भने नेपाली महिना श्रावणमा पर्छ ।

चन्द्रमास पात्रोअनुसार छैटौं महिनामा गुर्जे फग भन्ने तिथि आउँछ । यो तिथिमा पानी, खाद्यबाली र फलफूलहरूमा विषेश प्रकारको पौष्टिक तत्वयुक्त हुने जनविश्वास रहेको छ ।

यो एक हप्ताको हुन्छ। यस अवसरमा शेर्पाहरूले फङ्ङी मनाउने चलन छ । यस चाडमा सबै उमेर समूहको मानिसहरू एकै ठाँउमा भेला भई एक अर्कामा खुसी साटासाट गर्ने र सहभोज खाने चलन छ ।

यो चाड मनाउनको लागि परम्परागत रूपमा समिति छनोट गरिएको हुन्छ । यसलाई फङ्ङी लावा भनिन्छ । यो चाड तीन दिनदेखि सात दिनसम्म मनाउने चलन छ । यो चाडमा शेर्पा समुदायको परम्परागत सामूहिक श्याब्रु नृत्य तथा शेर्पा लोक गीतहरू जलु, ठलु आदि गाउने परम्परा छ । चाड मनाइ सकेपछि अर्को वर्षको लागि आयोजक समिति छनोट गरिन्छ ।

समिति छनोटपछि नयाँ आयोजक समितिलाई स्वागत तथा पुरानो आयोजक समितिलाई खातक खादा) द्वारा बिदाइ गर्ने चलन छ । तर हिजो आज यो चाड लोप हुँदै एको पाइन्छ ।

(यो जानकारी मुलक सामग्री लेखक सेर्कु शेर्पाद्वारा लिखित पुस्तकबाट लिइएको हो ।)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729