नेपाली राजदूतावास द.कोरिया,आदिबासी जनजाति महासंघ द.कोरिया, सनातन साहित्य सङ्गीत साधना समूह पाँच “स” दक्षिण कोरिया, NRNA ख्यङ्गी इन्छन्सको संयुक्त आयोजनामा २०२३ मे ७ तारिखका दिन कोरियाको आन्सानमा (BUDDHA WAS BORN IN NEPAL) “भगवान् बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने मूल नाराको साथ कार्यक्रम आयोजना गर्न लागेको छ।
प्रत्येक वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीका दिन गौतम बुद्धलाई श्रद्धा व्यक्त गर्दै उनको नाममा विशेष कार्यक्रम मनाउने चलन विश्वभरको बौद्ध समाजमा छ । कोरियामा रहेको नेपाली समाजले पनि संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दै बुद्धभूमि नेपाललाई विश्वमा पहिचान गराउने हेतुले नेपाली मौलिक झाँकी सहित बुद्ध प्रतिमा बोकेको विशेष- रथ नगर परिक्रमा गरेर शुभकामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको छ।
राष्ट्रिय पहिचान र पर्यटन प्रबर्द्धन सङ्ग जोडिएको यस महत्त्वपूर्ण कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपालीहरुलाई यथासम्भव नेपाली राष्ट्रियता झल्काउने किसिमका राष्ट्रिय पोशाकमा उपस्थिति जनाइदिनु हुन कार्यक्रम संयोजक युगेल तेन्दुप शेर्पाले अनुरोध गरेको छ । कार्यक्रम कोरियाको आन्सान स्थित नेपाली साझा मन्दिर तथा पुस्तकालयको सभाकक्षमा (주소 :경기도 안산시 단원구 원곡동 741-3)मा बिहान ११:०० बजेबाट सुरु हुने पनि आयोजकले हिमाली सन्देश लाई जानकारी दिएको छ।




