काठमाडौँ – शेर्पा चलचित्र संघ नेपाल(SFAN)ले आयोजना गरेको ७ दिने पठकथा लेखन प्रशिक्षण सम्पन्न भएको छ ।

चलचित्र विकास बोर्डको सहयोगमा शेर्पा चलचित्र संघ नेपालले आयोजना गरेको पटकथा लेखन प्रशिक्षण महावाणिज्यदुत तथा सफल पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरेर सम्पन्न भएको थियो ।

कार्यक्रममा ७ दिने प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण तथा प्रशिक्षक शिव मुखियालाई सम्मान गरिएको थियो । पटकथा लेखन प्रशिक्षणमा २३ जना प्रशिक्षार्थी सहभागी रहेको संस्थाका सचिव शेर्पाले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदुत आङ छिरिङ शेर्पाले चलचित्र समाजको प्रतिबिम्ब भएको बताउँदै सांस्कृतिक संरक्षणमा मद्दत पुर्‍याउने बताउनुभयो । उहाँले चलचित्रको माध्यमबाट भाषा, कला, संस्कृतिको जगेर्ना मात्र नभएर जलवायु परिवर्तनका कारण सेता हिमालहरू कालो पहाडको रूपमा परिवर्तन भएको बारे चलचित्र निर्माण गरेर विश्वलाई सुसूचित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । शेर्पाले विकास, परिवर्तन र जनचेतना फैलाउनका लागि चलचित्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यस विधालाई सबै क्षेत्रले उत्तिकै महत्वको साथ हेर्नुपर्ने बताउनुभयो ।

शेर्पा चलचित्र संघ नेपालका अध्यक्ष छोङबा शेर्पा (रिन्छेन्) ले चलचित्र निर्माणमा भन्दा पनि यस क्षेत्रमा लाग्न चाहनेहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले शेर्पा चलचित्र संघ स्थापना भएको बताउनुभयो । उहाँले शेर्पा चलचित्र संघले शेर्पा समुदायको भाषा, कला, संस्कृतिलाई जगेर्ना गर्न चलचित्र र पटकथा निर्माण गर्न सके युवापुस्ताका लागि भाषा, कला, संस्कृति देखाउन र बुझाउन सहज हुने जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ निर्देशक नबिन सुब्बाले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता प्रशिक्षण र कार्यशालाले सहयोग पुर्‍याउने बताउनु भयो । उहाँले नेपाली फिल्ममा आदिवासी समुदायको अनुहारले स्थान पाउँन थालेको भन्दै यस क्षेत्रमा लगनशील र धैर्य आवश्यक पर्ने बताउनुभयो । उहाँ शेर्पा समुदायको पहिलो फिल्म खाङरीका निर्देशकसमेत हुनुहुन्छ । शेर्पा भाषामा खाङरी, कुसुम र टिन्छेन फामा चलचित्र निर्माण गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729