
–एमके कुलुङ ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) ले विश्वलाई आजको स्थितिमा ल्याई पुर्उला भन्ने विश्वका कुनै पनि सरकार प्रमुख, राष्ट्र प्रमुखका साथै विश्व स्वास्थ्य संगगठन (डब्लुएचओ) का प्रमुख अनि विश्वका भाइरल रोग विज्ञहरु र वैज्ञानिकहरुले पनि सोचेका थिएनन् होला ? त्यसो भएपछि उग्र राष्ट्रवादको कुरो गर्ने विभिन्न देशका सन्काहा शासकहरुको त के कुरो गराई भयो र ? जस्तो कि त्यो वेलाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइृ एयक उदाहरणका रुपमा लिन सकिन्छ । उनले त ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) लाई ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) नभनेर ‘चाईनीज भाइरस !’ भन्ने गरेका थिए । त्यति मात्रै होइन, उनले उक्त ‘चाईनीज भाइरस !’ सन् २०२२ को मार्च लाग्दा नलाग्दै हराएर जाने र अमेरिकीहरुले बिना कुनै वाधा–व्यधान र रोकावट ‘ईस्टर पर्व’ आरामले बनाउन पाउने बताएका थिए । तर, ट्रम्पले भनेझैँ ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) तत्काल हटेर जानुको सट्टा झन्झन् फैलादै गएर विश्वव्यापी महामारीको रुप लियो । त्यति मात्रै नपुगेर स्वयम् ट्रम्पलाई पनि कोरोनाभाइृरसले छाडेन । संभवत: ‘(कोभिड–१९) महामारीले विश्वलाई आजको स्थितिमा ल्याई पुर्उला र अहिलेसम्म तन्केर जाला भन्ने कसैले पनि कल्पना गरेका थिएनन् होला !? तर, अहिलेसम्म (तीन वर्ष पूरा हुँदा पनि) विश्व स्वास्थ्य संगगठन (डब्लुएचओ) ले कोरोना महामारीबारे यसै हो भनी मुख खोलेर केही बोल्न सकेको छैन । त्यसैले अभैm पनि हामीले यो समयलाई ‘कोरोना महामारी’काल नै भन्नुपर्ने हो कि ? जस्तो लाग्छ । हुनत सन् २०२२ मा नै विश्वलाई ‘(कोभिड–१९) फ्री’ भनी घोषणा गर्ने कि ? भनी एक पटक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बहस र छलफल पनि चलाएको हो । तर, सो सम्बन्धमा तत्कालै निर्णय गर्न सकेन । अहिलेसम्मको तथ्यांक हेर्दा हालसम्म ७५ करोड ८३ लाख ९० हजार ५६४ जनामा (कोभिड–१९) देखिएको छ भने, ६८ लाख ५९ हजार ९३ जनाले (कोभिड–१९) का कारण आप्mनो अमूल्य जीवन गुमाएका छन् । माथिको डाटा सन् २०२३ को मार्च तीन तारिखसम्मको हो । स्रोत: डब्लुएचओको पछिल्लो तथ्यांक । त्यस्तै विश्वभरिका विभिन्न देशमा जम्मा एक लाख ७६ हजार १७४ जनामा (कोभिड–१९) का कारण विरामी भएका छन् भने, ३५९ जनाको मात्रै (कोभिड–१९) का कारण मृत्यु भएको तथ्यांक रहेको छ । माथिको पछिल्लो डाटा ‘वोल्र्डोमिटर’ नामक संस्थाको तथ्यांकमा आधारित रहेको छ ।
के भनिन्छ भने, त्यो वेला विश्वका एकसे एक भाइरल रोग विज्ञ र वैज्ञानिकहरुबीच (कोभिड–१९) को महामारी कति लामो समयसम्म तन्किन्छ वा वा सँधै रहिरन्छ ? भन्ने सम्बन्धमा मतैक्य रहेको थिएन । कोहीकोही भाइरल रोग विज्ञ र वैज्ञानिकहरुले सन् २०२०–०२१ मै ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) हराएर जाने बताउँथे भने, कुनैकुनै भाइरल रोग विज्ञ र वैज्ञानिकहरुले चाहिँ सन् २०२३–०२४ सम्ममा ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को असर रहने बताउँथे । त्यस्तै थोरै भाइरल रोग विज्ञ र वैज्ञानिकहरुले चाहिँ अब ‘नोभेल कोरोनाभाइरस’ अर्थात् (कोभिड–१९) विश्वबाट निमिट्यान्न भएर नजाने, त्यसैले यो भाइससँग लड्ने क्षमता बढाउँदै र नयाँनयाँ तरिकाले बाँच्न सिक्नुपर्ने भनाइ राख्ने गर्थे । नभन्दै कोरोनाभाइरसका समबन्धमा थोरै भाइरल रोग विज्ञ र वैज्ञानिकहरुले भनेको अब ‘नोभेल कोरोनाभाइरस’ अर्थात् (कोभिड–१९) विश्वबाट निमिट्यान्न भएर नजाने देखिएकोले गर्दा यो भाइससँग लड्ने क्षमता बढाउँदै र नयाँनयाँ बाँच्ने तरिका अपनाउनुपर्ने देखिन्छ ।
अब लागौं, कोरोना महामारीका कारण सन् २०२० र सन् २०२१ मा विश्वव्यापी पर्यटन तथा नेपाली पर्यटनमा भएको ठूलो र अपूरणीय क्षतिका बारेमा केही जानकारी लिनेतर्पm । हुन पनि सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (पछि कोभिड–१९) ले जसरी विश्वव्यापी रुपमा महामारीका रुपमा पैmलन सुरु भयो, त्यसले विश्व पर्यटन क्षेत्रमा मूर्दा शान्तिको स्थित छायो । अर्थात् विश्व पर्यटनमा सोच्दै नसोचे स्तरमा ‘डाउन–फल’ भयो । तर, सन् २०२३ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप–राईज’ सुरु भएको संकेत मिलेको छ । किनभने सन् २०२२ मा नौ सय मिलियन अर्थात् ९० करोड पर्यकट विश्व भ्रमण गर्न निक्लेका थिए । त्यस्तै सन् २०२१ मा ६६७ दशमतलब ७३ मिलियन विभिन्न देशका पर्यटकले विश्व भ्रमण गरेक थिए । त्यस्तै गरेर सन् २०२० मा चार सय १५ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए । जबकि सन् २०१९ मा एक दशमलब पाँच बिलियन पर्यटक भ्रमण गर्न निक्लेका थिए ।
यता नेपालमा चाहिँ सन् २०१९ मा हालसम्मकै धेरै पर्यटक संख्या नेपाल भ्रमण गर्न आएका थिए स्मरणीय छ, सन् २०१९ मा (झण्डै १२ लाख) ११ लाख ९७ हजार १९१ जना विदखेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने, सन् २०२१ मा त केवल एक लाख ३१ हजार विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । तर, सन् २०२२ मा छ लाख १४ हजार १४८ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । नढाँकन भन्नु पर्दा सो संख्यालाई नेपाली पर्यटन व्यवसायीहरुले अपेक्षा नै गरेका थिएनन् । जे भए तापनि अब हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या कसरी बढाउने ? भन्ने विषयका साथसाथै उनीहरुको नेपाल बसाई अवधि र नेपाल बसाईको क्रममा गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढोत्तरी गर्न सकिन्छ ? भन्ने सम्बन्धमा पनि हामीले विचार–मन्थन सुरु गर्नुपर्ने देखिन्छ ।