परिचय घर पालुवा चौरी गाई वा याक चौरी गाइबस्तु लगायतका जनावरहरूको समुह बोभाई bovine प्रजातिको लामो (लामो रौं हुने जनावर हो। यो दक्षिणी मध्य एसियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमली प्रदेशमा पाईने गर्छ। यसलाई मानिसहरूले मुख्यतया हिमाली क्षेत्रमा सामान ढुवानी तथा मल उत्पादनको लागि पाल्ने गरेको पाइन्छ। भने नक र चौरी गाईको दुध,दही मही, घिऊ स सेर्केम छुर्पि र चिज जस्ता पारिकार उत्पादान गर्नका लागि पनि विशेष पाल्ने गरेको पाईन्छ ।
पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी बहरसँग नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ तसर्थ यो याक वा नाक भन्दा भिन्न हो। याक, चौंरी भन्दा धेरै नै ठूलो हुने भएकोले यसलाई छुट्याउन कठिन् भने हुदैन। याक र पहाडी गाइ (किर्खो)बाट जन्मने चौंरीलाई ‘उराङु र पहाडी गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जोु वा झोप्क्यो भनिन्छ। डिम्जो सामन्य चौरी जस्तै दूधालु हुन्छ्, तर झोप्क्यो (भाले) नपुङ्शक हुन्छ र भारी बोक्न काम लाग्छ।
भौतिक विशेषताहरू
याकहरू भारी फ्रेमहरू, बलियो खुट्टाहरू, गोलाकार खुरहरू, र पेट भन्दा तल झुण्डिएको अत्यन्त बाक्लो, लामो फर भएका जनावरहरू हुन् । घरेलु याकहरू रङमा धेरै परिवर्तनशील हुन सक्छन्, प्रायः खिया लागेको खैरो र क्रीमको प्याचहरू हुन्छन्। तिनीहरूका साना कानहरू र चौडा निधारहरू छन्, चिल्लो सिङहरू जुन सामान्यतया गाढा रङका हुन्छन् । सीङहरू टाउकोको छेउबाट बाहिर निस्कन्छ, र त्यसपछि अगाडि घुम्छ।
तिनीहरू सामान्यतया ४८ देखि ९९ सेमी १९ देखि ३९ इन्च लम्बाइमा हुन्छन्। पोथी चौरीगाईको सिङ साना हुन्छन्, केवल २७ देखि ६४ सेन्टिमिटर ११ देखि २५ इन्च लम्बाईको हुन्छन् । र अधिक सीधा आकार हुन्छ। दुबै लिंगहरूको काँधमा स्पष्ट हम्पको साथ छोटो गर्दन हुन्छन् । यद्यपि यो ठूलो र पुरुषहरूमा बढी देखिन्छ । पुरुष याकको तौल ३५० देखि ५८५ किलोग्राम महिला नकको तौल २२५ देखि २५५ किलोग्राम सम्मा हुन्छ। जंगली याकहरू भने, धेरै भारी हुन सक्छन् , साँढेहरू १००० किलोग्राम सम्मको वजनमा पुग्न सक्छन्।
दुवै लिंगको छाती, भाग र तिघ्रामा बाक्लो र लामो कपाल हुन्छ । जसले चिसोबाट बच्न सकिन्छ। पुच्छर गाईवस्तु वा गोरूको पुच्छरको जस्तो नभई लामो र बक्लो हुन्छ। घरेलु याकहरूमा रङहरूको विस्तृत श्रृंखलाका हुन्छ, जसमा केही सेतो, खैरो हुन्छन्। याकहरू गाईवस्तुहरूको विशेषता भन्दा कम आवाज उत्पादन गर्छन् । घरेलु याक संस्करणको वैज्ञानिक नाम बोस ग्रन्निन्स हो।
प्रजनन र जीवन ईतिहास
पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी बहरसित नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ। तर याक ,चौंरी भन्दा धेरै नै ठूलो हुने भएकोले खासै छुट्याउन कठिन् भने हुदैन। याक र स्थानीय गाइबाट जन्मने चौंरीलाई ‘उराङु र पहाडी गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जोु वा झोप्क्यो भनिन्छ। डिम्जो त सामन्य चौरी जस्तै दूधालु हुन्छ्, तर झोप्क्यो (भाले) भने नपुंशक हुन्छ र भारी बोक्न काम लाग्छ यिनिहरु पहाडी गाई र याकवीच गर्भधारण गराए पश्चात लगभग ९ महिना पुरा भएपछि ुडिम्जो वा जोप्क्योू जन्मिने गर्दछ । सरल भाषामा भन्ने हो भने, सजिलोको लागि, सबै माथि भनिएका ठिमाहा चौंरी हुन।
याकहरू गर्मीमा, सामान्यतय जेष्ठ, आसार देखी भद्र, अश्विनको बीचमा चाँहि स्थानीय वातावरणमा निर्भर हुन्छन्। भने, बाँकी वर्षको लागि धेरै गोरुहरू ठूला बथानहरूबाट टाढा साना समूहहरूमा घुम्छन्, तर, रात नजिकिँदै गर्दा, तिनीहरू आक्रामक हुन्छन् र प्रभुत्व स्थापित गर्न नियमित रूपमा एक(अर्काबीच लड्छन्। अहिंसात्मक धम्कीको प्रदर्शन, घुँडा हान्ने र आफ्नो सिङले जमिन खन्याउने बाहेक, गोरु याकहरूले पनि प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्छन्, बारम्बार एक अर्कालाई टाउको निचो पारेर वा आफ्नो सिङले झगडा गर्दछन्।
गर्भावस्था २५७ र २७० दिनको बीचमा रहन्छ, त्यसैले बच्चाहरू वैशाख र जेष्ठको बीचमा जन्मिन्छन्, वर्षमा एउटै बाछोकोमात्र जन्म हुन्छ। चौरी गाईले बच्चा जन्माउनको लागि एकान्त ठाउँ खोज्द छ।, तर बाछो जन्मेको दस मिनेट भित्र हिड्न सक्षम हुन्छ, र जोडी चाँडै बथानमा सामेल हुन्छ।बाछोलाई एक वर्षमा दूध छुटाइन्छ र केही समयपछि स्वतन्त्र हुन्छ।
हिमालयन बहिरः संयुक्त राज्य अमेरिका र क्यानडा, साथै न्यूजील्याण्ड र युरोप को केहि भागहरु मा बथान को सानो संख्या पाउन सकिन्छ। याकहरूले हिमालयबाहिर व्यावसायिक रूपमा र गाईवस्तु पालनकर्ताहरूले चासो देखाएका छन्। उत्तर अमेरिकी याक प्रजनकहरूको मुख्य चासो रहेको देखिन्छ । अन्य गाईवस्तुहरूसँग ूहाइब्रिडाइजू गरेर मासु उत्पादन , याक फाइबर ,ऊन उत्पादनईत्यादि गर्दछ । रगत पिउने महोत्सवः नेपालमा चौँरीको ताजा रगत पिउने ग्यास्ट्राइटिस, जन्डिस र शरीर मोच जस्ता विभिन्न रोग निको हुन्छ भन्ने विश्वासमा वार्षिक उत्सव मनाइन्छ। चौँरीको घाँटीबाट त्यसलाई नमारिकन ताजा रगत निकालिन्छ । समारोह समाप्त भएपछि कटेको घाउ निको हुन्छ। यसको अनुष्ठान तिब्बत र मुस्ताङ मा उत्पन्न भएको मानिन्छ।
वर्तमान अवस्था र महात्व
हिमाली क्षेत्रको आर्थिक सम्रिध्दिको मुख्या आधार याक तथा चौरी पालान व्यावसाय, हालको विद्यमान अवस्था र नेपालको वर्तमान परिप्रेक्षमा हेर्ने हो भने, दिनप्रति दिन निरन्तर रुपमा लोप हुने अवस्थामा पुगेको छ । चौरी गोठहरु सिमित मानिसहरुले मात्र संचलन गरेको पाईन्छ । चरान क्षेत्रहरु प्रशास्त मात्रमा भएता पनि बिस्तर, बिस्तर हिमाली भेगका मानिसहरु सेवा सुबिधा तथा रोजगरको सिलसिलामा शहर केन्द्रित भएको हुँदा यो समस्या सृजाना भएको हो । हिजोको पुस्ताले गर्दै आएका यो व्यावसाय आज आएर आहिलेको पुस्ताको खासै ध्यान ,रूचि र नजर नगएकाले वा वेवास्त गरिएको हुँदा आज यो आवस्था हुनपुगेको छ।
यो व्यावसाय प्रायः नेपालको हिमाली जिल्लाहरु पुर्वको ताप्लेजुङ देखि पश्चिममा हुम्ला जुम्ला सम्मामा विगत लामो समयदेखि हालसम्मा निरन्तर याक तथा चौरी पालान गर्दै आएता पनि हाल खासै युवा पुस्ताले ध्यान नदिँदा र राज्यको नजर नपरेको हुनले लोपोन्मुख आवस्थामा पुगेको हो । यस विषम परिस्थितिमा चौरीपालक कृषकहरुलाई प्रोत्सहन र हौसालको रुपमा राज्यको तिनै तहका सरकारले विशेष ध्यान दिई विभिन्न सृजानात्मक तथा रचानात्मक कार्यक्रमहरु ल्याउन जरुरी देखिन्छ। युवा पुस्तालाई वैदेशिक रोजगर तर्फ आकर्षित गर्न जरूरी छ । यो व्यावसयतर्फ आकर्षित गर्न प्रेरित गर्नलाई अनुदान तथा कृषि ऋणको व्यावस्था गरी स्वारोजगर बन्न प्रेरित गराउनु आवश्याक छ ।
चौरी पालान व्यावसाय,कृषिसँगमात्र सम्बन्धित नभई पर्यटन जालधार तथा हिमाली वातावरणसँग पनि जोडिएको विषय भएकाले यसलाई सरकारी ,गैर सरकारी संघ संस्थाहरुले, सरकारी निकायहरु तथा स्थानिय तहहरुले पनि विविध कार्यक्रमहरु गरेर यो पेशालाई संरक्षण , संवर्धन र पर्वधन गर्न जरुरी छ । यो हिमाली जालधार, हावापानी, वातावरण तथा परिस्थितिक प्रणालीलाई यथावत राख्न, वा कायम गर्नलाई याक तथा चौरीहरुको विशेष भूमिका रहेको हुन्छ। त्यस क्षेत्रको घाँसे मैदान,वनजंगल,खोलानालाहरु र भिर पाँखाहरुमा याक तथा चौरीहरु निरन्तर चार्ने हुँदा वातावरणको सन्तुलन कायम राख्नलाई ठुलो महात्व रहेको हुन्छ। नेपालमा वर्षेनी भित्रिने गरेका अन्तरिक तथा बह्य पर्यटकहरुको मुख्या आकर्षण भनेको यहाँको हिमाल वनजंगल, भिर पाखा, खोलानालासँगै जोडिएर आउने याक तथा चौरीपालन पनि विशेष रहेको छ। जसले गर्दा नेपालको पर्यटन पर्वधन गर्नमा यो क्षेत्रको पनि ठुलो भूमिका रहेको छ ।
याक तथा चौरी व्यावसायको बजार क्षेत्र
याक तथा चौरी व्यावसायलाई राष्ट्रिया तथा अन्तराष्ट्रिया स्तरमा प्रचार(प्रसार गरी अन्तरिक तथा वाह्या पर्यटकहरुलाई आकार्षित गरी पर्यटन क्षेत्रको वृध्दि र विकास गर्न सकिन्छ। जसवाट हामीले आय आर्जनको ढोकाहरु खुलाउन र देशकै अर्थतन्त्रलाई सवल बनाउन सकिन्छ। उत्पादित दुग्ध जन्या खाद्यास्तुहरु जस्तैः याक चिज ,घिउँ ,सेर्केम तथा छुर्पि ईत्यादि लाई व्रान्डिङ BRANDIN गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिया बजारमा हामीले बजारीकरण गर्न सक्दछौ । कोशेली स्वारुप देश विदेशमा निर्यात गरी साथीभाई, आफन्तसंगको भाईचारा कायम गर्न सक्छौ। र उत्पादित बस्तु PRODUCT को खरिद बिक्रीमा वढाव दिन सकिन्छ। दुध, दही र महीलाई स्थानिय बजारमा पुर्याई दुध डेरी संचालन गरी । मनग्या आम्दानी गरी जिविकोपार्जन गर्न सक्दछौ । आर्गनिक प्रोडक्टलाई विशेष ध्यान दिई बजारीकरण गरी राम्रो लाभ लिन सकिन्छ।
याक तथा चौरी पालानमा शेर्पा समुदायको योगदान
याक तथा चौरी पालान शेर्पा समुदायको पुरानो पेशा अन्तर्गत पर्दछ । प्रायः शेर्पा जातिहरु परापुर्वकालदेखि नै उच्चा हिमाली भुभागमा निरन्तर बसोबास गर्दै आएको हुँदा यि जातिहरुको मुख्या पेशा भनेकै याक तथा चौरी पालान रहेको छ । हिमाली भुभागमा कृषि जन्या वस्तुहरु खासै उब्जाउ नहुने भएकाले यहाँका मानिसहरु याक तथा चौरी पालान गरेर जिविकोपार्जन गर्ने गरेको पाईन्छ । तसर्थ शेर्पासमुदायले आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिनुपर्छ भनि हालसम्मा यो पेशालाई संरक्षण र संवर्धन गर्दै आइको देखिन्छ । विशेषगरी सोलुखुम्बु, ताप्लेजुङ, दोलाखा, संखुवासभा, तेह्रथुम,भोजपुर,खोटाङ,ओखलढुङ्ग र सिन्दुपाल्चोक जिल्लाको हिमाली भेगमा याक तथा चौरीहरु हाल व्यावसयको रुपमा नै पालान गरिरहेको पाईन्छ ।
नेपालको सन्दर्भमा हिमाली पहिचान वा हिमाली पेशालाई उजागर गरी उच्चा हिमाली तथा पहाडी भेगमा यो व्यावसायलाई संचालन गर्न सकिन्छ । र देशको अर्थतन्त्रलाई मजबूत सुढृत तुल्याउन ठुलो भुमिका खेल्दछ हामीले पर्यटनलाई वृध्दि र विकास गर्न याक तथा चौरी पालान पनि सम्बन्धित रहेको हुँदा यसलाई व्यावसयिकरण गरेर यो क्षेत्रको विकास गर्न सक्दछौ । र यिनिहरुको वंश लोपोन्मुख हुनबाट बचाउन सक्छौ ।
धन्यवाद
ल्हाक्पा गेलु शेर्पा
थुलुङ दुधकोशी ९ सफार्मा,
सोलुखुम्बु ।