सोलुखुम्बु :   १३ औँ खुम्बु ल्होसार कपमा ८ टिम सहभागी हुने भएको छ । खुम्जुङ युवा क्लव र खुम्बुपासाङ ल्हमु गाउँपालिका वडा नम्बर ४ को संयुक्त रुपमा आयोजनामा हुन लागेका खुम्बु ल्होसार कप शेर्पा समुदायको महान चाड ल्होसारको अवसरमा विगत १२ बर्षदेखि सञ्चालन हुँदै आएको छ ।

खुम्बु ल्होसार कपको १३ औँ संस्करण काठमाडौँमा आयोजना गरिएको आयोजकले जनाएको छ ।

यहि माघ २८ गतेदेखि फाल्गुन ६ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगितामा खुम्बु पासाङ ल्हमु गाउँपालिका भित्रका स्थानीय शेर्पा समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ खेलको आयोजना गरिएको महासचिव पासाङ छिरीङ शेर्पाले जानकारी दिनुभयो ।

महासचिव शेर्पाका अनुसार यस पटकको प्रतियोगितामा खुम्जुङ युथ क्लव, पाङबोचे आमाडब्लम युथ क्लव, नाम्चे युथ ग्रुप, थमिछ्वा युथ ग्रुप, जुभिङ शेर्पा किदुक, महेन्द्र एक्स स्टुडेन्ट फोरम, खुम्जे कम्युनिटि क्लव र खुम्बु भेट्रीयन गरि ८ टिमको सहभागिता रहनेछ ।

आयोजकले तयार पारेको टाइसिट अनुसार माघ २८ गते कार्यक्रम उद्घाटन पश्चात् खुम्जुङ युथ क्लव र पाङबोचे आमाडब्लम युथ क्लव बिच प्रतिस्पर्धा हुने छ ।

यस्तै दोस्रो खेलमा नाम्चे युथ ग्रुप र थमिछ्वा युथ ग्रुप भिड्दा तेश्रो खेलमा जुभिङ शेर्पा किदुक र महेन्द्र एक्स स्टुडेन्ट फोरमबीच प्रतिस्पर्धा हुने छ ।

खुम्जे कम्युनिटी क्लव र खुम्बु भेट्रीयन बिच चौथो खेलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । १३ औँ खुम्बु ल्होसार कपमा प्रथम हुने टिमलाई एक लाख नगदको साथमा रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ ।

प्रतियोगितामा दोस्रो हुने टिमले ५० हजार नगदको साथमा मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले २५ हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट मिडफिल्डरलाई पनि शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729