सोलुखुम्बु : सोलुखुम्बुको पत्ताले क्षेत्र रंगकर्मीहरूको रोजाइमा पर्दै गएको छ।

पत्ताले क्षेत्रमा अहिले विदेशी पर्यटकका लागि मात्र नभई नेपाली कलाकर्मीका लागि पनि छायांकनको रोजाइमा पनि पर्न थालेको हो। यसअघि खुम्बु क्षेत्रमा मात्रै फिल्महरू छायांकन हुँदै आएकामा हाल भने जिल्लाको प्रमुख प्रवेशद्वार पत्ताले नेपाली कलाकर्मीका लागि आकर्षक छायांकन स्थल बन्दै गएको छ।

खुम्बु क्षेत्रमा चर्चित हलिउड फिल्म ‘एभरेस्ट’ र बलिउड फिल्म ‘उचाइ’ को छायांकनपछि तल्लो क्षेत्रको हिमाली बस्ती पत्तालेमा पनि नेपाली फिल्म तथा टेलिशृंखलाको सुटिङ हुन थालेको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि अन्य हिमशृंखलाको दृश्य नजिकबाट सहजै कैद गर्न सकिने भएकाले पनि चलचित्र निर्माताको ध्यान पत्तालेले तानेको हो।

समुद्री सतहबाट ३ हजार मिटरको उचाइमा रहेको पत्तालेबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से र गौरीशंकर हिमाललाई नजिकबाट नियाल्न सकिन्छ। पछिल्लो समय नेपाली चलचित्र ‘स्वर्ग मेरो गाउँ’, ‘प्रेम गञ्ज’ तथा हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ को १००औं शृंखलाको छायांकन गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729