सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका, वडा नम्बर २ जुनबेशीमा आगलागीवाट एक घर जलेर नष्ट भएको छ । बाट एक घर जल्दा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । हिजो सोमबार राती करिब १० बजेतिर ग्याल्जेन शेर्पाको घरमा आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राती १० बजे तिर गाइबस्तुलाई खोले पकाउने क्रममा आगलागी भएको बताइएको छ ।
शेर्पाको ढुङ्गा माटोले बनेको र टिनको छानो भएको २ तले मतान सहित घर जलेर नष्ट भएको प्रहरी नायब उपरिक्षक सुनिल जङ्ग शाहले जानकारी दिनुभएको छ । आगलागी भएको खबर पाउनसाथ बेनी प्रहरी चौकीवाट खटिएका प्रहरी टोली तथा स्थानीयको सहयोगमा राती करिब १२ बजे आगो नियन्त्रणमा लिइएको थियो ।
सबैको सहयोगमा समयमा नै आगलागी नियन्त्रणमा लिइएकोले पशु चौपाया तथा कुनै मानबिय क्षति नभएको सोलुखुम्बु प्रहरीको भनाई छ ।




