0Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चौंरी पालक कृषकको संख्यामा वृद्धि भएको छ । सरकारले व्यवसायिक चौंरी पालक कृषकहरुलाई अनुदानको व्यवस्था गरेसँगै पछिल्लो समय कृषकको संख्या बढेको पाइएको हो ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका र लिखुपिके गाउँपालिकाका विभिन्न क्षेत्रमा चौंरी पालन गरिदै आएको छ । अनुदानको व्यवस्था हुन थालेपछि चौरी पालनमा युवा पुस्ताको पनि आकर्षण बढ्दै गएको सोलुदुधकुण्ड नगरपालिका २ बेनीका चौंरी पालक कृषक कुङ्गा लामाले बताउनुभयो ।

लामाका अनुसार कृषकको संख्या बढेपनि चरण अभाव तथा नजिकै बजार नहुँदा भने चौरी पालकहरु समस्या छन् ।

चौंरीको दुधबाट घ्यू, छुर्पी, दही, मही, सेर्गाम, दुर्खा, चिज लगायत्का स्वादिष्ट परिकारहरु बनाउन सकिन्छ । दुधबाट बनेको परिकार मध्ये सोलुखुम्बुमा सबैभन्दा बढी घ्यू बिक्री हुने गरेको अर्का चौंरी पालक कृषक मिङ्मार शेर्पाको भनाई छ । चौंरी पालन व्यवसाय फस्टाउदै जानुले जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने शेर्पाले बताउनुभएको छ ।

चौंरीको दुधबाट बनेका घ्यू, छुर्पी लगायतका परिकारहरु सदरमुकाम सल्लेरीका साथै काठमाण्डौं र तराईका जिल्लाहरुमा पनि बिक्री वितरणका लागि लगिदै आएको रिञ्जी शेर्पाले जानकारी दिनुभयो । यस्तै बाह्य मुलुकहरु चिन, भारत, अमेरिका, जापान लगायतका देशहरुमा समेत निर्यात गरिदै आएको कृषक रिञ्जी शेर्पाले जानकारी दिनुभयो ।

याक, नाक, चौंरी, भेडा गरी सोलुखुम्बुमा करिब २ हजार वटा रहेको अनुमान गरिएको छ । चौंरी गाईको दुग्धजन्य परिकार मात्र हैन पुच्छर पनि धार्मिक कार्यमा महत्वपूर्ण मानिने गरेको छ । नेवार समुदायको लाखे नाच, शेर्पा समुदायको सिली, राईको चण्डी नाच तथा क्षेत्री बाहुन लगायतका जातजातिको देवालीमा समेत चौरीको पुच्छर प्रयोग गरिदै आएको छ ।

बजारको माग बमोजिम चौरीको दूध, घ्यू, चिज, छुर्पि लगायत परिकारको सहज आपूर्ति गर्न सकियो भने स्वरोजगारसँगै अर्थतन्त्रमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास चौरीपालक कृषकहरुको छ ।
-solu Fm

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729