शेर्पा जातिहरुको आफ्नै मौलिक भाषा, कला संस्कृति संगै परम्परा जगेर्ना र उत्थानका लागि गठन गरिएको शेर्पा किदुक साइप्रसले बौद्ध धर्मावलम्बिहरुको नयाँ बर्ष अर्थात महान चाड छ‌यु यो ༢༡༥༠རབ་གནས་ཆུ་མོ་ཡོས་ལོ། रेवङ २१५० औं लाेसारको अवसर पारी भव्य सांगितिक तथा सास्कृतिक कार्यक्रम आयोजना गर्न लागिरहेको जानकारी गराएको छ ।

उक्त लोसार सांगितक तथा सांस्कृतिक कार्यक्रम मार्च ५ तारिख आईतबार गरिने र शेर्पा समुदायमा निक्कै ख्याती कमाएका चर्तित माेडेल तथा गायक लाक्पा शेर्पा अतिथि कलाकारमा रहने बताएको छ । कार्यक्रमका लागि कलाकार शेर्पा पोर्चुगलबाट साईप्रस आउन लागेका हुन् । साथै साईप्रसमा रहेका प्रत्येक शहरबाट स्याब्रु नृत्य र अन्य नृत्य गर्न चाहानु हुने इच्छुकहरुले संस्थाका पदाधिकारीहरु समक्ष सम्पर्क गरि नाम टिपाउन समेत अनुरोध गरेको छ ।

कार्यक्रम लिमासोलमा रहेको त्रिकिस प्यालेसमा बिहान ११ बजेबाट शुरु गरिने र प्रत्येक शहरबाट बससेवा रहने साथै बिस्तृत सुचना लिएर छिट्टै आइने किदुक साइप्रसकी महासचिव पसी शेर्पाले हामीसंगको छोटो कुरारानीमा बताईन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729