सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ६ वाकुमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार राती नेकपा एमाले र गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपामा एमालेका विशाल राई तथा गठबन्धनका विकास राई र सुजन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मौन अवधीको समयमा गठबन्धनका कार्यकर्ताहरुले मतदातालाई आर्थिक प्रलोभनमा पार्दै हिडेको अवस्थामा झडप भएको एमाले पक्षले दाबी गरेका छन् । रकम बाड्ने कार्यको खबरदारी गर्दा झडप भएको उनीहरुको भनाई छ । यता गठबन्धनले भने अन्य कामका लागि सडकमा हिड्दै गर्दा एक्कासी एमाले कार्यकर्ताहरुले आक्रमण गरेको आरोप लगाएका छन् ।

झडपमा गठबन्धन तर्फका युवाहरु सामान्य घाईते भएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729