0Shares

सोलुखुम्बु :  सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ बुक्साका एक ट्रेकिङ गाईड  फुछेत्तर शेपा गोरखाको लार्के पास क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएको छ ।  । खुम्बु सांग्रिला ट्रेक एण्ड एक्सपेडिसन प्रा.लिबाट पदयात्रामा निस्किनुभएका ३९ वर्षीय फुछेत्तर शेर्पा ५ दिनदेखि उक्त क्षेत्रमा बेपत्ता बन्नुभएको थियो । आज (मंगलबार) विहान करिब ११ बजे एभ्रेष्ट हेलीको रेष्क्यु टोलीले उद्धार गरेको हो । उहाँको शव पोष्टमार्टका लागि काठमाण्डौँ स्थित शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको गोरखाका प्रहरी प्रमुख केदार खनालले बताउँनुभयो ।

दुई जना फ्रान्सेली नागरिकसहित पदयात्रामा निस्किनुभएका  शेर्पा विदेशीलाई लार्केपास गराएर फर्कने क्रममा वेपत्ता बन्नुभएको थियो । उक्त क्षेत्रमा हिमपात भएकाले ४ दिनसम्म  वेपत्ताको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ । उहाँको खोजीका लागी सिम्रिक एगर र एभेष्टर एयरको हेलीकप्टर प्रयोग गरिएको थियो । शेर्पाको एक छोरा र एक छोरी रहेका छन ।

Source:solu FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729