सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ बुक्साका एक टे«किङ गाईड गोरखाको लार्के पास क्षेत्रमा बेपत्ता हुनुभएको छ । खुम्बु सांग्रिला टे«क एण्ड एक्सपेडिसन प्रा.लिबाट पदयात्रामा निस्किनुभएका ३९ वर्षीय फुछेत्तर शेर्पा ५ दिनदेखि बेपत्ता भएको उहाँका भेना फुनुरु शेर्पाले जानकारी दिनुभयो । २ जना विदेशी नागरिक र भरिया सकुशल फर्किए पनि शेर्पा भने अहिलेसम्म नफकिएको बताइएको छ ।
सो क्षेत्रमा हिमपात भइरहेकाले वेपत्ताको खोजीमा समस्या भएको गोरखाका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक केदार खनालले बताउँनुभयो । उहाँको खोजीका लागी सिम्रिक एगर र एभेष्टर एयरको हेलीकप्टर तयारी अवस्थामा भएपनि मौसम प्रतिकुलताका कारण लार्के पास क्षेत्रमा जान नसकेको उहाँले बताउँनुभयो । यता शेर्र्पाको परिवारले भने सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरेका छन ।
-source:solu Fm




