सोलुखुम्बु ; जिल्लामा फैलिएको फौजी किरा नियन्त्रणतर्फ उन्मूख भएको कृषी ज्ञान केन्द्रले दाबी गरेको छ । जिल्लाको माप्यदुधकोशी, थुलुङदुधकोशी, महाकुलुङ, लिखुपिके, खुम्बुपासाङल्मू, नेचासल्याण र सोलु दुधकुण्ड नगरपालिका गरी ७ वटै पालिकामा फैलिएको फौजी नियन्त्रण तर्फ गएको केन्द्रका प्रमुख दुर्गा बहादुर तिरुवाले जानकारी दिनुभयो ।
चैत्र महिनादेखि फैलिएको फौजी किरा अहिले भने नियन्त्रण तर्फ पुगेको कार्यालयले दाबी गरेको छ । किराले कृषकहरुले लगाएको मकै, आलु तथा घांसपात समेत सखाप परेको कृषकहरुले बताएका छन । कृषी ज्ञानकेन्द्रका प्रमुख तिरुवाका अनुसार क्लोरोपाई्री फस र साईपर मेथिन मिसिएको कन्ट्रयाक बिषादी अल्फाइटर, त्रिकाल, स्पाईन छरेपछि पहिलाको भन्दा नियन्त्रणमा आएको हो । पानी पर्न थालेकाले अब बिस्तारै आफै नियन्त्रण हुने उहाँको भनाई छ ।
Source:soluFM




