काठमाडौं । लोपोन्मुख चौँरी तथा याक पालन व्यवसायलाई संरक्षण गर्न नेपालमा पहिलो पटक याक तथा चौँरी कृषक महासंघ नेपाल गठन भएको छ ।

राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय, कृषि अनुसन्धान परिषद् र इसिमोडको साझेदारीमा आयोजित नेपालमा याक र चौँरी प्रवर्द्धन सम्बन्धी प्रथम राष्ट्रिय कार्यशालाले महासंघ गठन गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको मातहतमा रहने गरी महासंघ गठन भएको छ ।

सोलुखुम्बुका नुरु शेर्पाको अध्यक्षतामा महासंघको १९ सदस्यीय तदर्थ समिति गठन भएको छ । महासंघको उपाध्यक्षमा लालकुमार केसी (दोलखा), महासचिव दावा सङ्बु शेर्पा (रामेछाप), सचिवमा चन्द्रलाल नेपाल (पाँचथर) र कोषाध्यक्षमा लामुचिपा शेर्पा (सङ्खुवासभा) रहनुभएको छ ।

सदस्यहरूमा डिल्लीप्रसाद केरुङ (पाँचथर), भीमबहादुर भण्डारी (ताप्लेजुङ), जङ्गबहादुर राई (इलाम), पाबीहाङ राई (भोजपुर), सन्तवीर तामाङ (दोलखा), दावा शेर्पा (सिन्धुपाल्चोक), उर्गेन घले (रसुवा), तेन्जिङ गुरुङ (जुम्ला), श्याङग्याप (मुगु), सोजन हिराचन (मुस्ताङ), भीमबहादुर पुन (म्याग्दी), जसपाल बुढाथोकी (दार्चुला), हिमप्रसाद महत (डोल्पा), वेदबहादुर गुरुङ (मनाङ ) रहनुभएको छ ।

महासंघले ६ महिनाभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयसँगको सहकार्यमा राष्ट्रिय याक तथा चौँरी नीति बनाउने भएको छ । सम्पूर्ण हिमाली तथा उच्च पहाडी क्षेत्रमा याक तथा चौँरी पालन पेसालाई प्रवर्धन गर्न महासंघले सहयोग गर्ने छ ।

चौँरी पालका किसानलाई महासंघमा आबद्ध गर्दै लैजाने नीति महासंघले लिएको छ । यसका साथै किसानका समस्या समाधानको लागि आवश्यक पहल गर्ने तथा सरोकारवालसँग सहकार्य गर्दै सहयोगका क्षेत्र विस्तार गर्दै लैजाने पनि महासंघले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729