–निनाम लोवात्ती, हो, हालसम्म विश्वमा आधिकारिक ढंगले मान्यता प्राप्त आठहजार मिटर अग्ला हिमाल १४ वटा मात्रै रहेका छन् । हालसम्म विश्वमा आधिकारिक ढंगले मान्यता प्राप्त आठहजार मिटर अग्ला हिमाल १४ वटा मात्रै रहेका छन् भनी किन भनिएको हो भने, लगभग चार वर्षदेखि नै आठहजार मिटरभन्दा माथिका अरु ६ वटा हिमाल थप हुने कुरो भई रहेको छ । जुन कुरो (थप हुने छ वटा हिमालको घोषणा) निकट भविश्मै लागू होला अथवा भनौं कार्यन्ययनमा आउला भन्ने आशा गरौं । साथै सुःखद कुरो के छ भने, थपिने ती छ वटै नयाँ हिमालहरु नेपालमा सरहदभित्रै रहेका छन् ।
जे होस्, यहाँ विश्वका ती अग्ला १४ वटा हिम चुचुराहरु कस–कसले÷कहिले चढे ? ती पर्वतारोहीहरु कुन–कुन देशका थिए ? ती १४ वटा अग्ला हिमाल कहाँ–कहाँ छन् ? छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ । आठहजार मिटरभन्दा माथिका सबै अर्थात् १४ वटै हिम चुचुराहरु एसिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएर रहेको छ । त्यस मध्ये एक तिहाई भाग नेपाल भएर जान्छ भने आठ वटा त (६० प्रतिशत) नेपाले रहेका छन् । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाई भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको आठहजार मिटरमध्ये कम उचाईको हिमाल सिसापाङ्मा (उचाई ८,०१३ मिटर भएको) सम्म रहेका छन् ।
यसरी विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८.८६ मिटर) हो भने हो भने, सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चोमोलुङमा चढेका थिए । त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु) हो । यो हिमालको उचाई ८,६११ मिटर रहेको छ । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालीयन आरोहीद्धय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए ।
उता विश्वको तेस्रो अग्लो हिमालचाहिँ कञ्चनजंघा (सेवालुङसेन्छेलुङ) हो । यो हिमाल नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम राज्य तथा पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लाको सीमामा रहेको छ भने यो हिमालको उचाई ८,५८६ मिटर हो । यो हिमाललाई बेलायतका पर्वतारोहीद्धय जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक चढेका थिए ।
साथै विश्वको चौथो अग्लो हिमालचाहिँ ल्होत्से÷चे हो । यसको उचाई ८,५१६ मिटर रहेको छ । यो हिमाललाई सर्व प्रथम आरोहण गर्ने काम सन् १९५६, मे १८ मा भएको थियो भने, स्वीटजरल्यान्डका पर्वतारोहीद्धय फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले गरेका थिए । त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाई ८,४६३ मिटर रहेको छ भने जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको एक जन्ती टोलीले नै आरोहण गरेका थिए । त्यस्तै विश्वको छैठौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाई ८,२०१ मिटर रहेको छ । यो हिमाललाई सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्धय हर्बर्ट टिची र सेप जेक्लर एवम् नेपाली आरोही पासाङ दावा (लामा) शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै विश्वको सातौं अग्लो हिमाल हो –‘धौलागिरी’ । यसको उचाई ८,१६७ मिटर रहेको छ भने, सन् १९६० को, १३ मे मा यो हिमाल आरोहण गरिएको थियो । स्वीटजरल्यान्डका पर्वतारोहीहरु कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर र नेपाली आरोहीद्धय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमालचाहिँ मनास्लु हो भने यो हिमालको उचाई ८,१६३ मिटर रहेको छ । मनास्लु हिमालको प्रथम सफल आरोहणचाहिँ सन् १९५६ मे ९ मा जापानीज पर्वतारोहीहरु तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । एवम् रीतले विश्वको नवौं अग्लो हिमालचाहिँ नांंगा पर्वत हो । यो हिमालको उचाई ८,१२६ मिटर रहेको छ । यो हिमाल पाकिस्तानमा रहेको छ भने, यो हिमाल अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक चढेका थिए ।
साथै विश्वको १० औं अग्लो हिमाल ‘अन्नपूर्ण–१÷प्रथम’ हो । यो हिमाल नेपालमा रहेको छ भने यसको उचाई ८,०९१ मिटर रहेको छ । स्मरणीय छ, ८,०९१ मिटर अग्लो हिमाल मानव इतिहासमै सर्व प्रथम चढिएको हिमाल पनि हिमाल ‘अन्नपूर्ण–१÷प्रथम’ नै हो । यो हिमाल फ्रान्सका पर्वतारोहीद्धय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा पहिलोपटक सफलतापूर्वक आरोहण गरेका थिए । एवम् प्रकारले विश्वको ११ औं अग्लो हिमालचाहिँ ‘गासेरब्रुम–१’ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यो हिमालको उचाई ८,०८१ मिटर रहेको छ । यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्धय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए । त्यस्तै विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक हो यो हिमाल पनि पाकिस्तानमै रहेको छ । यो हिमालको उचाई ८,०५१ मिटर हो । यो हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो वेला अस्ट्रियन पर्वतारोहीहरु फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३ औं अग्लो हिमाल ‘गासेरब्रुम–२’ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाई ८,०३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले पहिलो पटक सफलतापूर्वक चढेका थिए ।
त्यस्तै विश्वको १४ औं र हालसम्मको आठहजार मिटर अग्लो अन्तिम हिमाल ‘सिसापाङमा’ हो । यो हिमालको उचाई ८,०२७ मिटर रहेको छ भने यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । हुन त खासमा नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ भने नेपाली (खस÷पर्वते) भाषामा यसको नाम ‘गोसाईँनाथ’ राखिएको हो । जे होस्, त्यो वेला चीन सरकारले आप्mनो देशमा विश्वकै अग्लो हिमाल चोमोलुङमा (सगरमाथा) नपर्ने भएपछि ‘सिसापाङमा’ आपूmलाई दिन आग्रह गरेको भन्ने भनाइ अनौपचारिक रुपमा सुनिन्छ । त्यसपछि ‘सिसापाङमा’ चीनमा पर्ने गरी राजनीतिक रुपमा नेपाल र चीनबीच सहमति भएको मानिन्छ । जे होस्, यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरुको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए ।