सोलुखुम्बु :  जिल्लाको सोताङ गाउँपालिका–५ मा  बार्तली भाचिँदा ७ जना घाइते भएका छन । आज बिहिबार बिहान करिब ९ बजेकोे समयमा लालिगुराँस सहकारी संस्थाको भवनको बार्तली  भाँचिदा  ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा सोताङ गाउँपालिका –५ की ३५ वर्षीया हरिमाया बस्नेत,  वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुुलुङ र ३० वर्षीया पार्वती बस्नेत, वडा नम्बर ३ की ४५ वर्षीया राधा बस्नेत, वडा नम्बर ५ की ३५ वर्षीया मनकुमारी कार्की, ५५ वर्षीया रीता बस्नेत र वडा नम्बर ३ की ५५ वर्षीया निरु गौतम रहेका छन् ।

घाइते मध्ये सोताङ गाउँपालिका –५ की ३५ वर्षीया हरिमाया बस्नेत,  वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुुलुङ र ३० वर्षीया पार्वती बस्नेतलाई थप उपचारका लागी हेलीकोप्टर मार्फत काठमाण्डौ पठाइएको सोलुुखुम्बु प्रहरीले जनाएको छ ।  अन्यको प्राथामिक अस्पताल सोताङमा उपचार भइरहेको (डिएसपी) कट्वालले जानकारी दिनुभयो । सरकारीको मासिक बैठकमा सहभागी हुने क्रममा बार्तली भाचिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729