0Shares

नेपाल पर्वतारोहण संघ (एनएमए)ले पर्वतारोहण तथा पर्यटन क्षेत्रका अनुभवी उद्यमी तथा संरक्षण अभियन्ताहरूलाई समेट्दै नयाँ सल्लाहकार समिति गठन गरेको घोषणा गरेको छ। नवगठित समितिले संस्थालाई नीतिगत तथा रणनीतिक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।

एनएमएका अध्यक्ष फुर्वा गेल्जे शेर्पाका अनुसार सात सदस्यीय सल्लाहकार समितिमा ङावा ङिमा शेर्पा, दावा स्टेभन शेर्पा, नाम्ग्याल शेर्पा, डा. घनश्याम गुरुङ, गणेश बहादुर भट्टराई, जीवन घिमिरे र तिलक बहादुर लामा रहेका छन्।

समितिमा समावेश सदस्यहरू पर्यटन व्यवसाय, पर्वतारोहण, वातावरण संरक्षण तथा संस्थागत नेतृत्वका क्षेत्रमा लामो अनुभव बोकेका व्यक्तित्वहरू हुन्। यस गठनसँगै एनएमएले पर्वतारोहण व्यवस्थापन, दिगो पर्यटन प्रवर्द्धन तथा हिमाली वातावरण संरक्षणका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729