शेर्पा संघ अमेरिकाको आयाृेजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ । संघका पदधिकारी लगायत अमेरिकाका विभिन्न संघसंस्थाका पदधिकारी र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा सहितको भेटघाट तथा अन्तरत्रिक्रया कार्यक्रम सम्पन्न भएको हो ।
न्युर्योक स्थित भएको अन्तरक्रिया कार्यक्रमको आयोजना शेर्पा संघ अमेरिकाले गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि गेल्जे लामा शेर्पाले संबोधन गर्नुहुदैँ आदिवासी जनजातिहरूबीच एकता र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। अध्यक्ष शेर्पाले नेफिनले सरकारमा बनिरहेको ऐनकानुनहरु आदिवासीमैत्री बनाउन लागिरहेको समेत जानकारी दिनुभयो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा बार्जिलमा सम्पन्न हुनगईरहेको कोप ३० मा सहभागीमा हुन जनेक्रममा न्युर्योकमा पुग्नुभएको हो ।
उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै विश्व शेर्पा संघका महासचिव आङ जाङ्बु शेर्पाले जेन्जी आन्दोलनको अवसर लिनका लागि राजावादी पक्षहरु जुरमुराएको बताउनुभयो उहाँले जेन्जी आन्दोलनका बास्ताविक उदेश्य विपरित जान थालेको बताउनुहुँदै आदिवासी जनजाति मुद्धालाई राज्यतहमा स्थापित गर्न आदिवासी जनजाति महासंघ लगायत संघसंस्थाहरु लाग्न सुझाव दिनुभयोे । उहाँले भन्नुभयो जेन्जी आन्दोलन पश्चात सरकारसमक्ष आदिवासी जनजातिको मुद्धाका विषयमा कुरा राख्ने कोही पनि देखेन यसका लागि जनजाति जेन्जीहरुलाई अगाडि बढाउनुपर्ने अवस्था देखिन्छ ।
शेर्पा किदुग अमेरिकाका अध्यक्ष तेम्बा शेर्पाले आदिवासी जनजातिलाई मुलवासी जे भनेपनि एकै समुदाय भएको बताउनुभयो । उहाँले आफ्नो समुदाको अधिकारका लागि सबै एकजुट भएर उठ्न आवश्यक भएको धारणा राख्नुभयो ।
एनआरएन अमेरिका अध्यक्ष सतेन्द्र साह, फिप्ना अध्यक्ष तोरण गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष, तामाङ सोसाईटी अमेरिकाका अध्यक्ष कुलबहादुर तामाङ, लुम्बिनी विकास कोषका पूर्व सदस्य–सचिव आङ दावा शेर्पा, शेर्पा कलाकार फरादेन्डी शेर्पा तथा पूर्व डिआईजी पार्वती थापा मगरलगायत विशिष्ट व्यक्तिहरूले मन्तव्य दिएका थिए।
शेर्पा संघ अमेरिका अध्यक्ष एपी लामाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव छिरिङ्ग शेर्पाले सहजिकरण गर्नुभएको थियो ।




