शेर्पा सञ्चार समूह नेपालद्धारा आयोजित सात दिने उद्घोषण तालिम सुरु भएको छ । आज आईताबारबाट नेपाल शेर्पा संघको भवन नारायणटारमा सात दिने उद्घोषण तथा भाषाणकला तालिमको सुरु भएको हो ।

आईताबार देखि सुरु भएको तालिम साउन २५ गते आईताबारसम्म संचालन हुनेछ ।

शेर्पा संचार समूह नेपालकी कार्यबहाक अध्यक्ष डोल्मा शेर्पाले उद्घोषण तथा भाषणकला तालिमले क्षमता विकासमा सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले यसअगि पनि संस्थाले शेर्पा युवाहरुलाई लक्षित गर्दै क्षमता अभिवृतिका कार्यहरु संस्थाले गर्दै आईरहेको जानकारी दिनुहुँदै, संस्थाले समाचार लेखन, फोटोग्राफी तालिम, शेर्पा भाषामा उद्घोषण तालिम लगायत संचारसंग सम्बन्धित क्रियाकलापहरु गर्दै आईरहेको बताउनुभयो ।

लामो समयदेखि उद्घोषण तथा भाषणकलामा प्रशिक्षण दिँदै आईरहनुभएका अनुभवि अग्निप्रसाद भट्टराई प्रशिक्षेक रहनुभएको छ । उद्घोषण तालिमका संयोजक दावा जङ्बु शेर्पाले उद्घोषण तालिममा सबै समुदायका व्यक्तित्वहरुको उपस्थिति रहेको बताउनुभयो । उहाँले संचार समूहले शेर्पा समुदाय साथै अन्य समुदायका व्यक्तिहरुलाई पनि लक्षित गरेर फारम खुला गरेकोले सन्तोषजनक प्रशिक्षार्तीको उपस्थिति रहेको बताउनुभयो । सात दिने उद्घोषण तालिमको समापन साउन २६ गते सोमबार हुने कार्यक्रम संयोजक शेर्पाले जानकारी दिनुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729