सोलुखुम्बु : सोलुखु्रम्बुको गोराखानीमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीको एक जंगलमा बम जस्तो देखिने बस्तु भेटिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक ओम प्रकाश यादवका अनुसार विहिबार साँझ वडा कार्यालयबाट करिब एक किलोमिटर दक्षिण तर्फको जंगलमा कालो प्लाष्टिकमा बेरिएको अवस्थामा तार सहितका बस्तु भेटिएको हो ।
घटनास्थललाई स्थानीय प्रहरीले सुरक्षित राखेको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ओम प्रकाश यादवको कमाण्डमा प्रहरी टोलि खटिएको छ । उक्त शंकास्पद वस्तु निस्कृय गर्न ओखलढुंगाबाट नेपाली सेनाको बम डिस्पोजल टोली झिकाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । – फायल तस्विर




