सोलुखुम्बु  :  खुम्बुपासाङ ल्हामु गाउँपालिका–२ स्थीत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर  गएको छ । सिम्रीक एयरको हेलिकोप्टरले आगो नियन्त्रणमा लिने प्रयास गरेको भएपनि असफल भएको बताइएको छ । फायर फाइटिङसहितको हेलिकोप्टर आगो निभाउन आज (सोमबार) बिहानदेखि खटिएको  भएपनि आगो नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षण ओमप्रसाद यादबले जानकारी दिनुभयो ।

आगो नियन्त्रणमा लिन नसकेपनि हेलीकोप्टर समेत काठमाडौ फकिएको छ । आगो नियन्त्रणका लागी प्रहरी र स्थानीय खटिएको भएपनि नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।  आगो नियन्त्रणका लागी हेलीकोप्टर कम्पनी र प्रदेश प्रहरी कार्यालयसँग समन्वय भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

धुवाँले गर्दा सोमबार बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो । आगोका कारण सल्ला, उत्तिस लगायतका प्रजातिका बोटबिरुवाहरु धेरै मात्रामा नष्ट भइसकेको स्थानीयले बताएका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ लुक्लाको नाक्चुङ वनमा आईतबार रातीबाट सुरु भएको आगलागीको कारण पत्ता लाग्न सकेको छैन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729