
शेर्पा सञ्चार समूह नेपालद्धारा आयोजित शेर्पा भाषाको उद्घोषण तालिम सुरु भएको छ । आईतबार नाराणटारस्थित शेर्पा संघको भवनमा कार्यक्रमको उद्घाटन गरि सुरु गरेको हो ।
धर्मगुरु खेन्पो नुर्बु शेर्पाले क्ष्योमी बालेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । उहाँले सो अवसरमा संबोधन गर्नुहुँदै शेर्पा युवाहरुले आफ्नो भाषा संरक्षण गर्नका लागि लेखन साथै दैनिक प्रयोग गर्नु निकै आवश्यक रहेको भनाई राख्नुभयो । उहाँले उद्घोषण तथा भाषाणकला अहिलेको समयमा महत्वपुर्ण भएकोले युवाहरुले यस क्षेत्रमा विशेष जोडदिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रमका अध्यक्ष रहनुभएकी डोल्मा शेर्पाले ७ दिने उद्घोषण तालिमले युवाहरुको व्यक्तित्व क्षमता विकास सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवापुस्ताको उजागर साथै भाषा संरक्षणमा पनि यस्ता खाले कार्यक्रमले सहयोग पुग्ने भनाई राख्नुभयो ।
शेर्पा सञ्चार समूह नेपालका महासचिव मिङ्मा शेर्पाले उद्घोषण तालिम जेष्ठ ४ गतेबाट सुरुभई ११ गते आईताबारसम्म संचालन हुने जानकारी दिनुभयो । महासचिव शेर्पाले संचारले विगतमा गर्दै आईरहेको कार्यलाई निरन्तरता दिने हेतुले शेर्पा भाषा उद्घोषण तालिम संचालन गरेको बताउनुभयो ।
शेर्पा संचारले शेर्पा भाषा तथा नेपाली भाषा उद्घोषण तालिम, समाचार लेखन तालिम, फोटोग्राफी तालिम लगायतका तालिमहरु निरन्तर दिँदै आईरहेको छ ।