शेर्पा संघ अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । अक्टोबर २६, २०२५ आइतबार न्युयोर्कको क्विन्सस्थित बाजेको सेकुवा रेस्टुरेन्टमा सम्पन्न भएको हो।

शेर्पा संघ अमेरिकाको अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथि बौद्ध धर्मगुरु डा. युला शेर्पा रहनुभएको थियो।

सभामा विभिन्न संघ–संस्थाका प्रतिनिधि, संघको सल्लाहकार, संरक्षक, तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नव–निर्वाचित एनआरएनए एनसीसी आरसीसी, न्युयोर्क च्याप्टर, तथा सल्लाहकारहरूलाई शेर्पा संघ अमेरिका र कार्यक्रमका प्रमुख अतिथि डा. युला शेर्पाले खादा लगाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

सो अवसरमा संघको अध्यक्ष एपी लामाको संयोजकत्वमा शेर्पा संघ अमेरिकाको भवन निर्माणको लागि आर्थिक संकलन तथा भवन खरिदका लागि १५ सदस्यीय समिति गठन गरिएको छ।

संयोजक लामाले भवन खरिद अभियानलाई सम्पूर्ण शेर्पा समुदायको साझा सपना भन्दै, इच्छुक जो–कोहीले यस अभियानमा सहभागी हुन सक्ने बताउनुभयो।

कार्यक्रममा अध्यक्ष एपी लामाले अमेरिकी डलर ५ हजार ५ सय ५५.५५ सेन्ट रकम भवन खरिद समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरि शेर्पा संघ न्युजर्सीका अध्यक्ष नोर्की शेर्पाले $ २ हजार ५ सय, गोर्खा समाज न्युयोर्कका अध्यक्ष ओम विश्वकर्माले $ ५सय सहयोग गर्नुभएको थियो भने अन्य संस्थाका प्रतिनिधिहरूले पनि सहयोगको‌ लागि प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

अध्यक्ष एपी लामाले भवन खरिद अभियान सफल बनाउन सबै शेर्पा तथा नेपाली समुदायलाई सहयोगको लागि अपिल गर्नु भएको छ।
संघका महासचिव छिरिङ शेर्पाले संचालन गर्नुभएको कार्यक्रममा विश्व शेर्पा संघका महासचिव आङ जाङ्बु शेर्पा, युनाईटेड शेर्पा एसोसिएसनका अध्यक्ष तेम्बा शेर्पा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729