काठमाडौं- मिस्टर एण्ड मिस टिन शेर्पा २०२२ (सिजन – ४) को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्र.लि. को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२२ को अडिसन काठमाडौंस्थित नेपाल शेर्पा संघको भवनमा सम्पन्न भएको हो ।

अडिसनमा काठमाडौं सहित सिन्धुपाल्चोक ,सोलुखुम्बु ,संखुवासभा,भोजपुर, ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट २० जना भन्दा बढीले सहभागिता जनाएका छन । अडिसनको पहिलो चरणमा छुटेकाहरुलाई पाँच दिनसम्म समय थपिएको आयोजकले जानकारी दिए।

शेर्पा जातिको भाषा,धर्म,कला,संस्कृति,भेषभुषा तथा रितिरिवाजलाई संरक्षण,प्रबर्द्धनको साथै शेर्पा किशोर, किशोरीहरुमा भएको प्रतिभालाई उजागर गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिइन् । यसको ट्यालेन्ट राउण्ड माघ ८ गते फाइनल राउण्ड भने माघ अन्तिम प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।