“१२ औँ जनगणना २०७८ मा शेर्पा जातिको यकिन ताथ्यङ्का संकलन गरौ” भन्ने मुल नाराका साथ सिन्धुपाल्चोक शेर्पा समाज सेवाको आयोजनामा जनगणना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल शेर्पा संघ सिन्धुपाल्चोक जिल्लाको सम्पूर्ण नगर तथा गाउँपालिका कार्यसमितीहरुको प्रायोजनमा नेपाल शेर्पा संघको केन्द्रिय कार्यालय नाराणटारमा सम्पन्न गरिएको हो ।

सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष बहादुर शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाल शेर्पा संघको उपाध्यक्ष तथा जनगणना सम्बन्धी सिन्धुपाल्चोक जिल्लाको संयोजक चेङा शेर्पा रहनुभएको थियो । प्रमुख अथिति चेङा शेर्पाले पहिचानको मुद्धा उठिरहेको परिपेक्क्ष्यमा सम्पूर्ण जिम्मेवार शेर्पा नागरिकहरुले गाँउ गाँउमा गएर शेर्पाहरुको यकिन ताथ्यङ्का संकलन गर्न सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले थप्दै जातिमा (शेर्पा) ,भाषामा (शेर्पा),दोस्रो भाषामा (भोट) र धर्ममा (बुद्ध) लेख्न समेत आग्रह गर्नुभयो ।
यसैक्रममा बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बू शेर्पले दोस्रो भाषा भोट् भाषाको बिषयमा प्रस्ट पार्नु भएको थियो भने नेपाल शेर्पा संघका उपाध्यक्ष, शिक्षा तथा जनसंख्या बिभाग प्रमुख दावा शेर्पाले समग्र जनगणनाको सैद्धान्तिक र प्राबिधिक पक्षको बारेमा प्रस्ट पर्दै शेर्पाहरुको यकिन ताथ्यङ्का निकाल्न सबैलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रम संचालन नेपाल शेर्पा संघ केन्द्रिय सचिवालयका सदस्य पेम्बा ग्याल्जेन शेर्पले गर्नुभएको थियो । सोही क्रममा सचिवालय सदस्य पेम्बा ग्याल्जेन शेर्पाले शेर्पा संघको केन्द्र , प्रदेश र स्थानियतहका सम्पूर्ण समितिहरुलाई चलयमान गरी परिचालन गरेमा यकिन तथ्याङ्का संकलन गर्न टेवा पुग्ने कुरा व्यक्त गर्नु भयो, अहिलेको जनगणना संकलन महत्वपूर्ण रहेकोले खेतीपाती हो भने अहिले बाली बित्राउने बेला हो ‘भन्नुहँदै सचिवालय सदस्य पेम्बा ग्याल्जेन शेर्पाले जिम्मेवारि लिए पछी पुरा गर्न सबैलाई आग्रह गर्नु भयो जिम्मेवारि पुरा नगर्ने हो भने पदमा बस्ने कुनै नैतीक अधिकार नरहेको समेत उल्लेख गर्नु भयो ।

कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रिय सल्लाहकार लाक्पा ठिलेन शेर्पा, सल्लाहकार सङ्बु शेर्पा, नेपाल शेर्पा संघको केन्द्रिय सदस्य निमा जङ्बु शेर्पा , भोटेकोशी गाउँपालिका वडा नं. १का अध्यक्ष मुकेस शेर्पा, हिमलयान शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा संघका सल्लाहकार नुर्पू लामा, शेर्पा युवा संघका अध्यक्ष जाङ्बु शेर्पा र नेपाल शेर्पा संघ सिन्धुपाल्चोकका नगर तथा गाउँपालिका समितिका अध्यक्षहरु उपस्थिति रहेको थियो ।