मेरा पिक आरोहण गरि फकिर्ने क्रममा बेपत्ता छेतेन शेर्पाको खोजीका लागि अनुभवि रेस्क्यू टोली मेरा गईसकेको छ । नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपाल र एड्भेन्चर भिक्टोरिले अनुभवी गाइड पठाउने भएको हो । शेर्पाको खोजी गर्न काठमाडौँबाट माउन्टेन गाईड गेल्जे शेर्पा, आङ् दावा शेर्पा, मानदिप गुरुङ र पेम्बा वाङ्छु शेर्पा आवश्यक डिभाईज रेको मेसिन सहित गएको एन्।एम।ए को सचिव टिकाराम गुरूङले जानकारी दिनुभयो ।

शुक्रबार नेपाल पर्वतारोहण संघमा बसेको बैठकबाट नेपाल पर्वतारोहण संघबाट २ जना ट्रेकिङ्ग एसोसिएशन अफ नेपालबाट दुई जना र एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरबाट दुई जना सहित शेर्पा इभेन्ट अर्गनाईजरका अध्यक्ष सहित ७ जना रहने छ । बेपत्ता शेर्पाको तत्काल खोजी गर्न परिवारले माग राखे सँगै नेपाल पर्वतारोहण संघले आकस्मिक बैठक बोलाएको थियो ।

शेर्पाको खोजी पहिलो चरणमा हेलीबाट रेको मेसिनद्धारा गर्ने र दोस्रो चरणमा गाईडहरु हाई क्याम्पबाटै खोज्दै जाने बताएको छ । हाल माउन्ट गाई लाक्पा शेर्पा, पेम्बा दोर्जी शेर्पाले खोजी गरिरहेको र स्थानिय होटल व्यावसायि कामी शेर्पा, शेर्पा ईभेन्टका अध्यक्ष नुरू शेर्पाले खोजी गर्ने कार्य गरिरहेको छ ।
छेतेन सँगै गएको शेर्पालाई समेत मौसम परिवर्तन आए पश्चात् बाटो पत्ता लगाउन नसकेर रेस्क्यू गरेको कारण कुन क्षेत्रमा हराएको भन्ने सहि स्थान थाहा नहुदा खोजीमा केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।
पर्यटनमा काम गरिरहेका नेपाल पर्यटन बोर्ड र नेपाल पर्वातारोहण प्रतिष्ठान लगायतका निकायले कुनै अग्रसरताका नलिएको परिवारजनको गुनासो रहेको छ ।