ईन्डिजिनियस टेलिभिजन र आईटिभी नेपालमा प्रसारण हुदै आईरहेको साप्ताहिक कार्यक्रम हिमाली आवज सोनाम याङजी शेर्पाले सञ्चालन गर्ने भएको छ । हिमाली आदिवासीहरुको सवाल, हिमाली जनजीवन, शिक्षा, स्वास्थ्य, रोजगारी र नेपालको पर्यटन सम्बन्धि विषयवस्तुलाई समेट्दै आईरहेको कार्यक्रम २०७४ भदौ १७ गतेबाट शेर्पाले चलाउने भएको हो ।
इन्डिजिनियस टेलिभिजन र आईटिभी नेपालमा प्रत्येक साता विहिबार साझा साडे सात बजे देखि ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो अन्तरवार्ता नेपालको पर्यटकीय गन्तव्यको रुपमा स्थापित गोर्खा जिल्लाको चुम भ्याली र त्यस क्षेत्रको आदिवासी जनाजाति र पछिल्लो समय पर्यटकीय विकासका लागि भएको गतिविधिको विषयमा हुने निर्माता तथा प्रस्तोता शेर्पाले जानकारी दिए।
हिमाली आदिवासीहरुको सवाल, हिमाली जनजीवन, शिक्षा, स्वास्थ्य, रोजगारी र नेपालको पर्यटन सम्बन्धि विषयवस्तुलाई समेट्दै कार्यक्रमलाई सबै हिमाली आदिवासीको साझा कार्यक्रमको रुपमा प्रस्तुत गर्ने बताएकी छिन् । कार्यक्रमलाई सफल पार्न र हिमाली आदिवासीको हितमा सबैको साझा कार्यक्रम बनाउन सबैले सहयोग गर्ने अपेक्षा रखेकी पनि उनले बताइन् ।

को हुन् हिमाली आवाज निर्माता तथा प्रस्तोता सोनाम याङजी शेर्पा ?
सोनाम याङ्जी शेर्पा सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका २ फेरामा जन्मेकी हुन् । स्नातक तहमा अध्ययन गरिरहेकी उनी हाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरिरहेकी छिन् भने गोरखपत्र दैनिकमा पनि कार्यरत छिन् । उनले पत्रकारिता मात्र हैन शेर्पा समुदायमा आधारित चलचित्रमा नायिकाको भुमिकामा अभिनय पनि गरेकी छिन् । सामान्य किसानको परिवारमा जन्मेकी उनी हाल मातृभाषी पत्रकारको रुपमा आफ्नो परिचय जमाइ सकेकी छिन् ।
शेर्पा गोरखापत्र दैनिकमा शेर्पा भाषा पृष्ठ सहसंयोजकको काम गरिरहेकी छिन् भने इन्डिजिनियस टेलिभिजनमा ईतिहासकै पहिलो शेर्पा भाषाको टेलिभिजन कार्यक्रम शेर्वी ञ्येन्ठिनको कार्यक्रम निर्माता तथा प्रस्तोता समेत् हुन् । उनले टेलिभिजनमा बौद्ध धर्मसँग सम्बन्धित कार्यक्रम बुद्धको वचन कार्यक्रममा पनि निर्माता र प्रस्तोताको रुपमा काम गरि रहेकी छिन् ।
सानोमा बुबाको मृत्यू पश्चात परिवारिक जिम्मेवारी थपिए पनि अध्ययनलाई निरन्तरता दिदै आफ्नो इच्छा पुरा गर्न हत प्रयास लागि परिन् । गाउँको उनले माध्यमिक शिक्षा पुरा गर्ने क्रममा केही आरोप समेत खेपेकी छिन् । आर्थिक रुपमा सबल नहुनु अनि परिवारमा बुबाको मृत्यू पछि समाजले गर्ने व्यावहारले दिक्का भएकी उनी आफ्नो लक्ष्य प्राप्त गर्न भने पछि परेन । उनलाई सानै देखि कसरी समाजमा आफ्नो पहिचान स्थापित गर्न सकिन्छ भन्ने कुराले दिन रात सताई रहे । त्यो समय गउँमा राम्रोसँग चलेको र सबैले चिन्ने भनेको रेडियो कर्मी थियो । त्यो देखेर उनले आफु पनि रेडियोमा काम गर्ने सपना देखे । त्यो सपनाको पछि दर्गुदै अहिले उनी समुदायमा सक्षम पत्रकारको रुपमा स्थापित भएकी छिन् ।
उनले रेडियो चोमोलोङ्गमाबाट आफ्नो यात्रा सुरु गरिन् । बिस्तारै उनले रेडियो सिआइएनमा काम गरिन् । सिआइएनबाट प्रशारन हुने उनको कार्यक्रम नेपालको २० वटा भन्दा बढी सामुदायिक एफएममा बज्न थाले । स्रोताको प्रतिकृया दिनदिनै बढ्न थाले पछि उनलाई यस क्षेत्रमा काम गर्ने थप हौसला मिल्यो । उनले बिस्तारै टेलिभिजनमै आफ्नो कार्यक्रम प्रशारण गर्ने इच्छा जाग्यो । उनले आफ्नो इच्छा अनुसार ईन्डिजिनियस टेलिभिजनमा आफ्नो कार्यक्रम प्रशारण गर्ने अवसर समेत पायो । यो सँगै उनी गोरखपत्र दैनिकमा प्रकाशन हुने शेर्पा भाषाको समाचार पनि लेख्दै आई रहेकी छिन् ।
सानोमा विभिन्न संघ संस्थाबाट प्रकाशन हुने किताबहरुमा तस्विर सहित लेखहरु छापिएको पढ्दा अनौठो लाग्थ्यो आफुलाई पनि यसरीनै छाप्ने रहर लाग्थ्यो अहिले त्यो रहर पनि पुरा हुदै गएको उनी बताउछिन् । शेर्पा समुदायमा छापिने प्रत्येक किताबहरु, स्मारिकाहरुमा उनको लेखले स्थान पाउने गरेकोमा उनी मख्ख छिन् ।
उनले विभिन्न सामाजिक संघ संस्थामा बसेर सामाजिक काम पनि गर्न व्याएकी छिन् । शेर्पा युवा महिला संजाल, शेर्पा सञ्चार समुह नेपाल, केम्जे क्लव लगायत विभिन्न सस्थामा उनी आबद्ध भएर काम गरेकी छिन् भने हाल आदिवासी जनाजाति युवा महासंघ बागमति प्रदेशको सचिवमा रेहेर आदिवासीको हक अधिकारका निम्ति पनि हद प्रयास लागि परेकी छिन् । त्यस्तै गरी राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखा कृयाशिल सदस्य पनि हुन् । शेर्पाले टे«किङ गाईड एसोसिएसन अफ नेपाल टानमा रहेर पथ प्रदर्शक गाईडहरुको हक हितका लागि पनि लागि परेकी छिन् ।