काठमाडौँ- आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २२ औँ स्थापना दिवसको अवसरमा ८ जना पत्रकारहरुलाई फरकफरक विधामा सम्मानित गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो ।
फोनिज अवार्डबाट सम्मानित हुनेमा छापा माध्यमबाट लामोसमय गोरखापत्र दैनिकको नयाँ नेपाल पेजमा शेर्पा भाषामा कलम चलाउँदै आउनुभएकी पत्रकार आङ दावा शेर्पा, टेलिभिजनमार्फत इन्डिजिनियस टेलिभिजन र आईटिभी नेपालमा आवद्ध रहनुभएका वरिष्ट पत्ररकार कुमार यात्रु तामाङ सम्मानित हुनुभएको छ भने प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बराल पनि अवार्डबाट सम्मानित हुनुभएको छ ।
यसैगरि रेडियो बिधामा रेडियो नेपालमा नेवा भाषाकी समाचार वाचिका रचना श्रेष्ठ र जलजला रेडियो रोल्पाका मौसम रोक्कालाई फोनिज अवार्डबाट सम्मान गरिएको छ ।
छापा, रेडियो, टेलिभिजन र अनलाईन बिधामा फोनिज अवार्ड प्राप्त गर्नेहरुमा राजकुमार दिक्पाल, तिलक पुन मगर, इन्द्रजीत मुखिया रहेका छन । यससंगै मातृभाषामा प्रकाशित तान्छोक्पा (लिम्बु भाषा) र पहुरा (थारु भाष) प्रकाशित पत्रिकालाई पनि सम्मान गरिएको थियो ।
दिवसको अवसरमा बोल्नुहुँदै सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनमा मातृभाषामा सूचना पाउने अधिकार सुरक्षित गर्न आफ्नो प्रयास रहने बताउनु भयो ।
आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मनोज घर्ती मगरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।