काठमाडौँ- शेर्पा संचार समूह नेपाल मेरिङदेन गाउँपालिकाको आयोजनामा १५ दिने शेर्पा र नेपाली भाषामा उद्घोषण तथा समाचार लेखन तालिम सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच उद्घाटन गर्दै तालिम सुरु गरिएको हो ।

ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिकाको आर्थिक सहयोगमा शेर्पा संचार समूह नेपाल मेरिङदेनले तालिम आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा नेपाल शेर्पा संघका सदस्य डिएन शेर्पा प्रमुख अतिथिमा रहनुभएको कार्यक्रममा शेर्पा संचार समूह नेपाल केन्द्रका सचीव तथा पत्रकार मिङमा शेर्पा विशिष्ठ अतिथिमा हुनुहुन्थ्यो ।

बैशाख १ गते देखि ७ गतेसम्म संचालन हुने शेर्पा भाषामा उद्घोषण तथा समाचार लेखन तालिमको सहजिकरण पत्रकार सोनाम याङजी शेर्पाले गर्ने संस्थाका सचीव मिङमा तेम्बा शेर्पाले जानकारी दिनुभयो । यसैगरि ७ गते पश्चात हुने नेपाली भाषामा उद्घोषण तथा समाचार लेखन तालिमको सहजिकरणमा भने पत्रकार सन्देश शेर्पाले गरिने आयोजकले बताउनु भयो ।