काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालद्धारा नवनियुक्त गुम्बा विकास समितिको अध्यक्षमा खेन्पो गेशे थुप्तेन जिग्डोललाई  बदाई तथा कार्यकाल सफतको  शुभकामना व्यक्त गरेका छन ।

नेपाल सरकार मन्त्रीपरिषदको गत मंगलबार सम्पन्न बैठकले बौंद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा बौंद्ध धर्मगुरु एवं नेपाल बौंद्ध महासंघका पूर्व केन्द्रीय अध्यक्ष खेन्पो गेशे थुप्तेन जिग्डोललाई अध्यक्षमा नियुक्त भएको खुशीयालीमा शेर्पा संचार समुह नेपाल केन्द्रीय कार्यालय काठमाडौंले समितिको कार्यालय पुल्चोकमा मंगलबार बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

शेर्पा संचार समुह नेपालका केन्द्रीय अध्यक्ष निम्लेकी शेर्पा लगायतका पदाधिकारीहरुले नवनियुक्त समितिका अध्यक्ष खेन्पो गेशे जिग्डोललाई खादा अर्पण गरेर बधाईसहित कार्यकाल सफलताको लागि शुभकामना प्रदान गरेका छन् ।

शुभकामना प्रदान कार्यक्रममा नेपाल बौंद्ध महासंघका केन्द्रीय अध्यक्ष आचार्य नुर्वु शेर्पा, हिमालयन सांस्कृतिक केन्द्रका केन्द्रीय अध्यक्ष छिरिङ शेर्पा, महासचिव सेर्कु शेर्पा, शेर्पा संचार समुह नेपालका निबर्तमन सल्लाहकार नुरुछेपल शेर्पा लगायत विशिष्ठ महानुभावहरु रहनुभएको थियो ।