काठमाडौँ  – ट्रेकिङ गाईड एसोसियसन अफ नेपालका अध्यक्ष कर्ण घलेको स्वास्थ उपचारको लागि रकम हस्तान्तरण गरिएको छ । 

ट्रेकिङ गाईड एसोसियसन अफ नेपालका अध्यक्ष कर्ण घलेको स्वास्थ उपचारको लागि रकम हस्तान्तरण गरिएको छ । अध्यक्षको स्वास्थ अवस्थामा समस्य आएपछि संस्थाका कार्य समितिको पहलमा रकम संकलन गरिएको हो ।

संस्थाका सह कोषध्यक्ष सोनाम शेर्पा र सदस्य वाङडा शेर्पाको पहलमा संकलन गरिएको एक लाख उनन्चालिस हजार एक सय पच्पन्न रुपैयाँ अध्यक्षलाई हस्तान्तरण गरिएको छ । संस्थाको उपाध्यक्ष, महासचिव लगायत कार्यसमितिको उपस्थितिमा रकम हस्तान्तरण गरिएको सह कोषध्यक्ष सोनाम शेर्पाले जानकारी दिनु भयो । रकम कार्यसमिति र विभिन्न व्याक्तित्वहरुबाट संकलन गरिएको हो ।

अध्यक्ष घले विगत लामो समयदेखि सुगर, उच्चरगतचाप,जस्ता रोगका समस्यामा रहेको थियो । कोरोना भाईरसका कारण नेपालमा बन्दबन्दी अर्थात लकडाउनको कारण टिचिङ अस्पताल समेत बन्दा भए पछि उपचारमा ढिलाई हुँदा एक्कासी दुबै मृगौलामा समस्या देखेको उहाँले बताउनु भयो ।

दुबै मृगौलामा समस्य देखेपछि ट्रेकिङ गाईड एसोसिएसन अफ नेपालको कार्यसमितिले सामाजिक संजाल फेसबुक पेजबाट सहयोगको अपिल गरेको थियो । कर्ण घले ट्रेकिङ गाईड एसोसिएसन अफ नेपालका अध्यक्षमा रहेर ट्रेकिङ गाईडहरुको हक अधिकारको लागि निरन्तर आवाज उठाइ रहनु भएको छ । भने विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्यमा समेत सक्रिया रहन्दै आई रहेको छ ।