काठमाडौँ – सञ्चार समूह नेपालको ताप्लेजुङ कार्यसमिति गठन भएको छ । शेर्पा सञ्चार समूह नेपालका केन्द्रीय सदस्य मिङमा शेर्पाको विशेष उपस्थितिमा असार २ गते आङ फुर्वा शेर्पाको अध्यक्षतामा ११ सदस्य शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङ जिल्ला कार्य समिति गठन गरिएको छ ।

नयाँ कार्य समितिमा अध्यक्ष फुर्वा शेर्पा उपाध्यक्षमा मिङमा वाङगेल शेर्पा चयन हुनुभएको छ । त्यस्तै सचिबमा मिङमा तेम्बा शेर्पा सह-सचिब पासाङ कि शेर्पा, कोषाध्यक्ष मिङमा दिकी शेर्पा तथा सदस्यहरुमा सुशील शेर्पा, गोबा शेर्पा,मनिशा शेर्पा,ल्हातेम्बा शेर्पा,नवीन शेर्पा र लाक्पा दिकी शेर्पा चयन हुनुभएको केन्द्रीय सदस्य मिङमा शेर्पाले जानकारी दिनुभयो ।

संस्थाले यस अघि ताप्लेजुङ , खोटाङ सोलुखुम्बु ,रामेछपा,ओखलढुंगा र झापा जिल्लामा शाखा गठन गरिसकेको छ । शेर्पा सञ्चारले बार्षिक रुपमा पत्रकारिता, फोटोपत्रकारिता, उद्घोषण लगायत सञ्चारसँग संबन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ । संस्थाले शेर्पा समुदायमा सञ्चार माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । संस्थाले शेर्पा समुदाय रहेको सबै जिल्लामा शाखा विस्तार गर्ने योजना समेत रहेको छ ।