न्युयोर्क— शेर्पा किदुगको नव निर्वाचित पदाधिकारीहरुले बौद्ध धर्म गुरु लामा टुल्कुबाट किदुगको गुम्बामा सपथ लिएर कार्यभार सम्हालेको छ । आगामी दुई वर्षको लागी चयन भएको कार्यसमितिले बौद्धधर्म गुरुबाट शेर्पा र नेपाली दुबै भाषाबाट सपथ लिएका थिए । मौलिक शेर्पा पोशाकमा उपस्थित नव निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरे लगतै औपाचारिक कार्यक्रमसंगै पुरानो कार्यसमितिबाट कार्यभार जिम्मा लिएका थिए । कार्यक्रममा शेर्पा कल्चर सेन्टरका संयोजक कल्साङ छोपेल लामाले दुई वर्षको कार्यकाल सफलतापुर्वक सम्पन्न गरेकोमा निवर्तमान पदाधिकारीलाई धन्यवाद ज्ञापन गदै नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

त्यस्तै किदुगका निवर्तमान महासचिव आङ जाङबु शेर्पाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुका साथै किदुगको हितमा आफुले सक्ने सहयोग गर्ने बताएका थिए । त्यसैगरि निवर्तमान अध्यक्ष दावा जाङबु शेर्पाले किदुगलाई यहासम्म पुर्‍याउने सवै सहयोगीहरुलाई धन्यवाद दिनुको साथै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । उनले आफनो कार्यकालमा आगामी दिनमा गर्ने भनेर थलानी गरेको किदुगको भवन निर्माण तथा ल्हाप्सुको जग्गाा खरिद गर्ने कार्यलाई अघि बडाउनु पर्ने लगायतका सुझाव नया कार्यसमितिलाई दिएका थिए । निवर्तमान अध्यक्ष दावा जाङबु शेर्पाले सस्थामा ३ लाख २५ हजार ७ सय १७ डलर रकम रहेको जानकारी दिदै नया कार्यसमितिलाई हस्तन्तरण गरेको जानकारी दिएका थिए ।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष उर्गेन शेर्पाले आफनो कार्यकालमा पहिलो प्रथामिकतामा रहेको किदुगको गुम्बालाई ठुलो बनाउने, दोश्रो प्रथामिकता समुदायमा रहेको तीन पुस्ता वीचको दुरिलाई मिलाउने काममा लाग्ने भएको उनले बताए । त्यस्तै शेर्पा किदुग गैरराजनितिक सस्था भएकोले आफनो कार्यकालमा कुनै पनि राजनितिक दलका नेताहरुलाई ल्याएर किदुगले सम्मान तथा अन्र्तक्रिया नगर्ने उनले घोषणा गरेका छन । कार्यक्रममा किदुगका सल्लाहकारहरु, पुर्व अध्यक्षहरु, संरक्षक सदस्यहरु, आजीवन सदस्यहरु तथा सदस्यहरुको उपस्थिति रहेका थिए ।

किदुगको नया कार्यसमितिमा को को आए ।

शेर्पा किदुगको दसौ महाधिबेसनले उर्गेन शेर्पा सोलुखुम्बुको नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्याक्षमा डोल्मा शेर्पा सोलुखुम्बु, महासचिवमा तेन्डी शेर्पा सोलुखुम्बु, प्रबक्तमा पेम्बा गेलु शेर्पा सोलुखुम्बु, सचिवमा तेम्बा शेर्पा सोलुखुम्बु, कोषाध्याक्षमा फुर्वा शेर्पा सोलुखुम्बु, सदस्यहरुमा दोमी लामा सोलुखुम्बु, फुर्वा शेर्पा सोलुखुम्बु, ङिमाफुटी शेर्पा सोलुखुम्बु, फुलि शेर्पा सोलुखुम्बु, कान्छी लामा सोलुखुम्बु, रिन्जी शेर्पा सोलुखुम्बु, फुर्निमा शेर्पा सोलुखुम्बु, दावा डोमा शेर्पा सोलुखुम्बु र याङचेन डोल्मा पिनासा शेर्पा सिन्धुपाल्चोक रहेका छन ।
news Source:एभरेष्टटाइम्स
तस्विर आङकामी शेर्पा फोटोहेराडटकम