Everest expeditonn

२५ फागुण – सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउन आइसफल डक्टरहरु आधारशिविरतर्फ प्रस्थान गरेका छन् ।

आठ जना आइसफल डक्टरसहित १० जना सोलुखुम्बुको नाम्चेबजारबाट सगरमाथाको आधारशिविरतर्फ लागेका हुन् । हिमाल आरोहणको मौसम सुरु भएपछि उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।

आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, फुछेतार शेर्पा र फु कितार शेर्पा छन् । उनीहरुसँगै दुई जना कुक समेत रहेको सगरमाथा प्रदुषण नियन्जत्रण समिति एसपीसीसी नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राइले जानकारी दिए ।

हरेक बर्ष सगरमाथाको बाटो बनाउने काम सरकराले एसपीसीसीलाई जिम्मा दिने गरेको छ ।आइसफल डक्टरहरु आगामी २४ गते आधारशिविर पुग्ने तालिका छ ।

लगातार दुई बर्ष प्राकृतिक विपत्तिले तहस नहस बनाएको सगरमाथा आरोहण गत बर्षदेखि लयमा फर्किएको छ ।