पवित्र खतकको विवादमा एन आर एन युएई र नेपाल आदिवासी जनजाति महासंघ युएईमा आवद्द संस्थाहरुमा बढेको दुरीको प्रत्यक्ष असर ग्याल्पो लोसार कार्यक्रममा समेत देखियो, २०१७ भरी आदिवासी जनजातिहरुको कुनै पनि कार्यक्रममा विस्वभर फैलिएको भनिएको एन आर एन ए को युएई स्थित एन आर एन ए, एन सी सी, युएईलाई यता पनि बोलाइएको देखिएन !!

३ मार्च, २०१७ -अनिस तामाङ/युएई – नेपाली समुदायको संस्कृतिक पर्व अर्थात शेर्पा समुदायको विशेष पर्व मे मो च्या ल्हो ग्याल्पो लोसार-२१४४ शुभारम्बको शुभअवासरमा शेर्पा किदुग युएईले ग्याल्पो लोसार साँझ-२०१७ कार्यक्रम भव्यरुपमा सम्पन्न गरेका छन ।
मध्यपुर्वको विकसित राष्ट्र युएईको दुबई शहरमा ” विश्वभरका शेर्पा जातिको एकता भेषभुषा, भाषा र संस्कृतिको विकास आजको आवश्यकता” भन्ने मुल नाराका साथ शेर्पा किदुग युएईले छैटौं कार्यक्रम सम्पन्न गरेका हुन । निर्धारित समय २:३० बजेको भनिए त पनि प्राविधिक समस्याका कारणले कार्यक्रम केहि समय ढिलो सुरुवात भएको थियो। सयौं नेपालीहरुको बाक्लो उपस्थितिमा शेर्पा किदुग युएईका अध्यक्ष पासाङ शेर्पाको सभापतित्व, युएईका कार्यबाहक महामहिम राजदूत नेत्र बहादुर टन्डनको प्रमुख अतिथि, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर तमु र क्याप्टेन विजय लामाको विशेष अतिथि अन्य संघ संस्थाहरुको प्रतिनिधिहरुले सामुहिक रुपमा दिप प्रज्वालन गरि राष्ट्रिय गित गाएर कार्यक्रमको उदघाटन गर्नु भएको थियो।

औपचारिक कार्यक्रम सुरु हुनु पहिले धर्मगुरु सोनाम लामाले उपस्थिति दर्शकहरुलाई लोसारको बारे धार्मिक प्रवचन दिनु भएको थियो । कार्यक्रममा शेर्पा किदुग युएईका अध्यक्ष पासाङ शेर्पाले राज्यले जनजातिहरुलाई हामी नेपाली हु भनेर गर्व गर्ने अवसर नदिएको भन्दै एउटा घर मात्रै हुनु नेपाली हुनुको परिचय हैन, त्यो त अमेरिकामा पनि पैसा भए खरिद गर्न सकिन्छ l त्यसैले हामी भन्दै छौं, हामीलाई पुरै नेपाली हुन दिनुस l शेर्पा भएरै नेपाली हुन दिनुस l शेर्पा नहुने वा शेर्पा नभन्ने शर्तमा नेपाली मात्रै बन्नु हामीलाई मन्जुर छैन भनेर आक्रोश व्यक्त गर्नु भएको थियो ! कार्यबहाक महामहिम राजदूत नेत्र बहादुर टन्डनले देश देखि विदेश सम्म शेर्पा समुदायले गरेको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो । आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर तमुले खस आर्यहरु मात्रै नेपालको पहिचान नभएर नेपालमा बसोबास गर्ने हरेक जातजातिहरुको साझा पहिचान नै नेपालको पहिचान हुन यसलाई राज्यले सुइकार्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने क्याप्टेन विजय लामाले सबै नेपालीहरुलाई युएईबाट नेपाल जाँदा आउदा नेपाली जहाजको प्रयोग गर्न अनुरोध गर्दै नेपालीहरु सबै एक हुनु पर्ने बताउनु भएको थियो । नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा,बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, नेपाल पत्रकार महासंघ युएई र नेपाली सोसल क्लबका अध्यक्ष सालिक सुवेदी लगायतले शुभकामना मन्तव्य राखेको दिनु भएको थियो ।
औपचारिक कार्यक्रम सके पछि अनौपचारिक रुपमा सांस्कृतिक कार्यक्रम सुरु गरिएको थियो। नेपालबाट आएका कलाकारहरु छिरिङ शेर्पा र दोर्जे शेर्पाको साथमा स्थानीय कलाकारहरुको प्रस्तुतिमा उपस्थिति दर्शकहरु भरपुर मनोरञ्जन लिइरहेको देखिन्थ्यो। गायक छिरिङ शेर्पा र दोर्जे शेर्पाले आफ्नो र अरु गायकको गरि झनै एक दर्जन भन्द बढि गित गाउनु भएको थियो । युएई प्रवासमा रहेका प्रवासी नेपाली कलाकारहरु प्रवेग दोङ, अन्जुली लोप्चन, गोपी पंगेनी, स्यान्डी भन्डारी, बबिन बिसि, वर्षा थापा, सारिका सुनार, नन्दु राई, अमृता लक्सम, राजु घले, गेलु शेर्पा लगायतले समेत उत्कृष्ट गायन र नृत्य कला प्रस्तुत गरेका थियो भने शेर्पा किदुग युएईका कलाकारहरुले शेर्पा मौलिक नृत्य श्यब्रु प्रस्तुत गर्नुका साथै डेजर्ड व्याण्डका कलाकारहरुले महोललाई थप उत्साहित बनाएको थियो ।

 

कार्यक्रमको विच नेपालबाट आउनु भएका कलाकारहरुलाई दोर्जे शेर्पा र छिरिङ शेर्पालाई आयोजकले खदा ओडाएर मायाको चिनोले सम्मान गरेको थियो भने साथमा शेर्पा किदुग युएईमा रहेर लामो समय सक्रिय रुपमा काम गर्दै आएकी लमो शेर्पा विदेशको बसाइँलाई बिट मारेर जाने भएकोले उहाँलाई विदाई एवं सम्मान गर्नु भएको थियो । कार्यक्रमको अन्तिमअन्तिममा कार्यक्रममा प्रस्तुति दिने सबै कलाकारहरुलाई माया चिनो दिएर सम्मान समेत गर्नु भएको थियो !! अनौपचारिक कार्यक्रमलाई कार्यक्रम प्रस्तोताद्वय आशिष् पुरुष र मेस्सी सिंह ठकुरीले मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नु भएको थियो
त्यसै गरि युएईमा क्रीयाशिल रहेका विभिन्न संघ-संस्था, राजनैतिक दलका भातृ संस्थाहरु लगायत साना ठुला प्राय धेरै संस्थाहरुको उपस्थिति रहेता पनि पवित्र खतकको विवादमा एन आर एन युएई र नेपाल आदिवासी जनजाति महासंघ युएईमा आवद्द संस्थाहरुमा बढेको दुरीको प्रत्यक्ष असर ग्याल्पो लोसार कार्यक्रममा समेत देखियो, २०१७ भरी आदिवासी जनजातिहरुको कुनै पनि कार्यक्रममा विस्वभर फैलिएको भनिएको एन आर एन ए को युएई स्थित एन आर एन ए, एन सी सी, युएईलाई यता पनि बोलाइएको देखिएन !!