काठमाडौँ – काठमाडौँको बोद्ध टुसाल स्थित शेर्पा सेवा केन्द्रमा सेवा केन्द्रका संस्थापक स्वर्गीय आङ दोर्जे लामाको २५ औँ  स्मृति दिवस साथै रक्तदान कार्यक्रम गर्ने भएको छ । यही श्रावण १६ गते रेडक्रससंगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको शेर्पा सेवा केन्द्रले जानकारी दिए ।

कोरोना महामारीलाई मध्यनजर गर्दै सुरक्षा अपनाई कार्यक्रम गर्न लागेको हो । रक्त बैँकमा रगतको अभाव भएको हुँदा सम्पुर्णमा रगत दान गरि सहयोग गरिदिन शेर्पा सेवा केन्द्रको फेसबुक पेजमार्फत आग्रह गरिएको छ ।