काठमाडौँ- शेर्पा भाषा अभिलेखिकरण सम्बन्धि पाठ संकलन गोष्टि कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । एक दिने गोष्ठी कार्यक्रम सोलुुदुधकुण्ड नगरपालिका वाड नंः ५ स्थित जिल्ला समिक्षालय हलमा सम्पन्न भएको हो । गोष्ठि कार्यक्रम  भाषा आयोगको सहकार्य र हिमालयन शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको आयोजनमा सञ्चालित  भएको थियो ।  खेन्पो नोर्वु शेर्पाको अध्यक्षतमा भएको कायक्रममा भाषा आयोगका सचिव लक्ष्मी प्रसाद भटाराई, शेर्पा भाषाका बिज्ञहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो । कार्यक्रममा भाषा आयोगका उप सचिव गेहानाथ गौतामले कार्यक्रमको प्रस्तुति गर्नुभएको थियो । भाषाशास्त्री किशोर शेर्पाले शेर्पा भाषा पाठ सङकलन कार्यको परिचय साथै प्रगति विबरण प्रस्तुत गर्नुभएको थियो ।