काठमाडौँ – हिउँदयाममा सबैभन्दा पहिले विश्वकै दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल आरोहीलाई नेपाल शेर्पा संघले सम्मान गरेको छ ।

काठमाडौँको नारायणटारास्थित सनिबार संघको भवनमा आयोजिता एक कार्यक्रमकाबीच हिउँदमा सर्वोच्च केटु शिखरको आरोहण गरेका दश नेपाली पर्वतारोहीलाई सम्मान गरिएको हो । विश्वकै जोखिमपूर्ण मानिएको हिमाल र हिउँदमा पहिलो पटक केटु हिमाल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल भएको खुशीमा आरोही युवालाई सम्मान गरिएको नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा लामाले बताउनुभयो ।

विश्वकै सर्वोच्च शिखर सगरमाथापछि विश्वको दोस्रो अग्लो केटु हिमाल पाकिस्तानमा रहेको छ । यसको उचाई ८ हजार ६ सय ११ मिटर रहेको छ । आरोहण गर्नुहुनेमा निर्मल पुर्जा, मिङमा तेन्जी शेर्पा, मिङमा डेविट शेर्पा, गेल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा रहेका छन् भने यसैगरी मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् ।